भिडियो

सागर लम्साल ‘बले’ को आज जन्मदिन , प्रेमिका प्रिज्माले लेखिन यस्तो स्टाटस (भिडियो हेर्नुस्)

काठमाडौं । चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगो नि’ मा बले पात्रको भुमिका निभाउँदै आएका हाँस्यकलाकार सागर लम्साल क्षेत्रीको आज शुभ जन्मदिन परेको छ । उनको जन्म स्याङ्जा जिल्लाको बिरुवा नगरपालिकामा बुबा राजेन्द्र लम्साल र आमा शशी लम्सालको कोखबाट भएको हो ।

‘सक्किगो नि’ टेलिसिरियल सँगै म्युजिक भिडियोमा ब्यस्त रहेका सागर लम्सालको पछिल्लो समय सामाजिक सञ्जालमा प्रेम चर्चा व्यापक चलिरहेको छ । त्यस्तै केहि समय पहिले बले र टिकटक बाट चर्चामा आएकी प्रिज्मा खतिवडाको प्रेम चर्चामा आयो । उनीहरुले पनि प्रेम स्वीकार गरिसकेका छन भने अब छिट्टै बिहेको तयारीमा रहेको पनि बताई सकेका छन ।

आज परेको बलेको जन्म दिनको अवसरमा प्रिज्मा ले राति २ बजे सागर लम्साल अर्थात बलेलाई सम्झेर स्टाटस लेखेकी छिन , उनले भनेकी छिन , मैले जानेको सबै भन्दा प्यारो र सुन्दर मान्छेलाई जन्मदिनको धेरै धेरै शुभकामना । उनले यसो भनेर बलेलाई ट्याग गरेकी छिन। त्यस्तै उनले बहिनि प्रिन्सी र उनको प्रेमी मंजिललाई धेरै राम्रो हुन छोड्न पर्यो प्रिन्सी र मन्जिल दुई जनाले , हामीलाई पनि पालो दिन परो भनेर प्रिन्सी र मंजिललाई त्याग गरेकी छिन

प्रिज्माको यो स्टाटस हेरेपछि यो अड्कल गर्न सकिन्छ उनि बलेको प्रेममा चुर्लुम्म डुबेकी छिन । “स-परिवार क्यानडा रहेकाले सागरलाई पनि क्यानडा जान दबाब थियो” तर,आफूले क्यानडाको भिसा च्यातेर कलाकारितामा लागेको सागरले बताउँदै आएको छ । उनले अभिनय यात्रा चलचित्र ‘लोफर’ बाट सुरु गरेका हुन् । आफ्नै साथीले निर्माण गरेको चलचित्र हुनाले यस क्षेत्रमा डेव्यु गर्न खासै कठिनाइ नभएको पनि बताउँछन् ।

लोफर पछि उनले निर्माता छविराज ओझाको “लज्जा” चलचित्रमा पनि अभिनय गरेका थिए । एकाएक हाँस्यटेलिसिरियल भद्रगोलमा खेल्न लेखक तथा निर्देशक कुमार कट्टेलले अनुरोध गरेपछि’ सागरको टेलिसिरियलमा इन्ट्री भएको थियो । सायद उनलाई पनि थाहा थिएन होला सिरियलबाट यतिधेरै चर्चामा आइन्छ भनेर, तर रातारात चर्चाको शिखरमा पुगेका सागर लम्सालको अहिले पनि चर्चा लोभलाग्दो छ । सागर लम्साल क्षेत्री ‘बले’ लाई हाम्रो तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना ।

Related Articles

Back to top button
Close