समाचार

शिवरात्रिमा यस्तो डरलाग्दो बन्दैछ मौसम सचेत हुनुहोला

काठमाडौं । केही दिन देखि सफा रहेको मौसम आज खराब भएको छ । केही दिनदेखि देशभरको मौसम बिग्रेको छ । फागुनको सुरुदेखि नै मौसममा खराबी आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभए पनि पहाडी क्षेत्रका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको जनाएको हो । देशको मौसम हेर्दा फागुन ९ गते शिवरात्रिसम्म हल्का चिसो हुने र वर्षाको सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान : फागुन ०५ गते (सोमबार) दिउँसोः देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०६ गते (मंगलबार) दिउँसोः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०७ गते (बुधबार) दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Related Articles

Back to top button
Close