मनोरंजन

सागर लम्साल ‘बले’ को आज जन्मदिन , सञ्जालमा शुभकामनाको ओइरो ।

काठमाडौं ९ फाल्गुन / चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगो नि’ मा बले पात्रको भुमिका निभाउँदै आएका हाँस्यकलाकार सागर लम्साल क्षेत्रीको आज शुभ जन्मदिन परेको छ । उनको जन्म स्याङ्जा जिल्लाको बिरुवा नगरपालिकामा बुबा राजेन्द्र लम्साल र आमा शशी लम्सालको कोखबाट भएको हो ।

‘सक्किगो नि’ टेलिसिरियल सँगै म्युजिक भिडियोमा ब्यस्त रहेका सागर लम्सालको पछिल्लो समय सामाजिक सञ्जालमा प्रेम चर्चा व्यापक चलिरहेको छ ।

“स-परिवार क्यानडा रहेकाले सागरलाई पनि क्यानडा जान दबाब थियो” तर,आफूले क्यानडाको भिसा च्यातेर कलाकारितामा लागेको सागरले बताउँदै आएको छ । उनले अभिनय यात्रा चलचित्र ‘लोफर’ बाट सुरु गरेका हुन् । आफ्नै साथीले निर्माण गरेको चलचित्र हुनाले यस क्षेत्रमा डेव्यु गर्न खासै कठिनाइ नभएको पनि बताउँछन् ।

लोफर पछि उनले निर्माता छविराज ओझाको “लज्जा” चलचित्रमा पनि अभिनय गरेका थिए । एकाएक हाँस्यटेलिसिरियल भद्रगोलमा खेल्न लेखक तथा निर्देशक कुमार कट्टेलले अनुरोध गरेपछि’ सागरको टेलिसिरियलमा इन्ट्री भएको थियो । सायद उनलाई पनि थाहा थिएन होला सिरियलबाट यतिधेरै चर्चामा आइन्छ भनेर, तर रातारात चर्चाको शिखरमा पुगेका सागर लम्सालको अहिले पनि चर्चा लोभलाग्दो छ ।

Related Articles

Back to top button
Close