Friday, February 21

आस्था सिक्किमबाटै फेरि बोलिन्, फेसबुकमा खैलाबैला !

January 24, 2020 323

साङ्गीतिक कार्यक्रमको सिलसिलामा सिक्किममा रहेकी र प्रहरीको फरार सूचिमा रहेकी चर्चित गायिका आस्था राउत तत्काल नेपाल नफर्कने भएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत उनले तत्काल नेपाल नफर्किने संकेत दिएकी छन
। १० दिन अघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको घटनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरिएका बेला उनी तत्काल स्वदेश नफर्कने भएकी हुन् ।

माघ १ बुधबार भद्रपुरको उडान हुँदै पूर्वी नेपालबाट सिक्किम जान लागेका बेला आस्थाको त्रिभुवन विमानस्थलको चेकजाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठसँग भनाभन र त्यसपछि उनले सामाजिक सञ्जालमा आक्रोशित हुँदै भिडियो सार्वजनिक गरेपछि उनी विवादमा तानिएकी थिईन् । सोही भिडियोलाई लिएर प्रहरी जवान रमिताले प्रहरीमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

तर, उनी तत्काल नफर्कने संकेत देखिएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले भारतको गणतन्त्र दिवसको अवसरमा यही जनवरी २६ तारिखमा हुने कार्यक्रममा आफ्नो सहभागिता रहने बताएकी छन् ।

त्यस्तै गायिका आस्था राउत प्रकरणमा प्रहरी लचक बन्ने संकेत देखिएको छ । राउतले गल्ती गरेको निष्कर्ष निस्किए पनि पक्राउ गरेर अनुसन्धान लम्ब्याइराख्नु पर्ने स्थिति नरहेको प्रहरीले बताएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले कानूनी प्रक्रिया पूरा गर्नै पर्ने भए पनि लचक हुनसक्ने ठाउँ रहेको बताए ।

‘विमानस्थलमा पक्राउ पर्छिन्, पर्दिनन् भन्ने कुरा चाहिँ अहिले भन्न सकिने विषय होइन’, उनले भने, ‘पीडितलाई न्यायको चाँडो अनुभूति गराउन हामीले पक्राउमा हतार गर्ने हो । तर, त्यो कसुर अनुसार हुन्छ ।’

भारतको सिक्किममा आयोजित एक सांगीतिक कार्यक्रम सहभागी हुन जाने क्रममा राउत १ माघमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । काठमाडौं–चन्द्रगढी उडान अघि सुरक्षा जाँचका क्रममा उनको प्रहरी जवान रमिला श्रेष्ठसँग विवाद भएको थियो ।

त्यसपछि फेसबुक लाइभ गरेर अपशब्द बोलेका कारण राउतको आलोचना भएको थियो । प्रहरीले पनि कारबाही गर्ने तयारी गरेको थियो ।

विमानस्थलमा भएको व्यवहारभन्दा पनि सिंगो प्रहरी संगठनलाई गाली गलौज गर्दै अपशब्द बोलेको विषय ठूलो हो’, एक उच्च प्रहरी अधिकृतले भने, ‘विमानस्थलमा हुने जुन घटना छ, त्यो बेलाबेला हुने गर्छ ।’

प्रहरी जवान श्रेष्ठले अभद्र व्यवहारको कसुरमा आस्थाविरुद्ध दिएको उजुरी आइतबार दर्ता भएको छ । अब कानूनतः आस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएपछि मात्रै यो प्रकरण टुंगिनेछ ।

चाहेजस्तो मान्छे पाएको छैनः आस्था राउत

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभलाग्दो सफलता हासिल गरेकी आस्था राउत स्टेज कार्यक्रममा रुचाइएकी गायिका हुन् । ‘सालको पात टपरी गाँसेर’को रिमिक्स गाएपछि चर्चामा आएकी उनका ‘चौबन्दीमा पटुकी’, ‘झुम्के बुलाकी’जस्ता गीत चर्चित छुन् । चलचित्र एवं कलेक्सन एल्बममा पनि उत्तिकै स्वर दिइरहेकी गायिका आस्थासँग विनीता मरहट्टाले गरेको कुराकानीः

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभलाग्दो सफलता हासिल गरेकी आस्था राउत स्टेज कार्यक्रममा रुचाइएकी गायिका हुन् । ‘सालको पात टपरी गाँसेर’को रिमिक्स गाएपछि चर्चामा आएकी उनका ‘चौबन्दीमा पटुकी’, ‘झुम्के बुलाकी’जस्ता गीत चर्चित छुन् । चलचित्र एवं कलेक्सन एल्बममा पनि उत्तिकै स्वर दिइरहेकी गायिका आस्थासँग विनीता मरहट्टाले गरेको कुराकानीः

तपाईंलाई अलि फरक शैलीको गायिका भन्छन् आफूलाई के कुरामा फरक लाग्छ ?
मेरो गायकी युनिक छ । मैले गाएका शब्दले, वाणीले मलाई परिभाषित गर्छ । स्टेज परफर्मेन्स देखेर फरक भनेका पनि हुन सक्छन् । म नेचुरल देखिन्छु । छोरी चेलीको आवाज बोकेर अगाडि बढेकी छु सायद त्यसैले फरक छु ।

केटीको स्वर सुरिलो हुन्छ भन्ने सोच्छन्, तपाईंको आवाज कसरी स्थापित भयो ?
हक्की स्वरले नै मलाई चिनारी दिएको हो । बालगीत प्रतियोगितामा जहिले पनि पहिलो हुन्थेँ । हाइस्कुल पढ्दा ‘सालको पात टपरी गाँसेर’ गाउने मौका पाएँ । स्वरमात्र नभएर गीतमै नौलोपन पस्किएँ । श्रोताले मन पराए । त्यसपछि प्लेब्याकमा आएँ, एल्बम पनि निकालेँ ।

सुरुमा गीत सुनेर कस्तो प्रतिक्रिया आउँथ्यो ?
कसैले बच्चा केटाले गाएजस्तो भन्थे, कतिले बोल्ड आवाज भन्थे ।

योभन्दा भिन्न शैलीमा पनि गाउन सक्नुहुन्छ ?
गाउन मन छ । मलाई हिपहपमा र सेमी क्लासिकलमा रुचि छ । समय परिवर्तनशील छ । मैले फरक शैलीमा पनि गाउँदै आएकी छु । आस्था राउत भन्नेबित्तिकै नाच्ने गीत भन्ने बुझिन्थ्यो । तर ‘आधार’ एल्बममै फरक शैलीका गीत छन् । सुन्ने, नाच्ने, गाउने सबै खालको गीत गाउँछु । आउँदो एल्बममा पनि फरक शैलीका गीत रहनेछ ।

नयाँ एल्बम कहिले ?
तयारी भइरहेको छ । यो साता कार्यक्रमको लागि अस्ट्रेलिया जाँदैछु । एक महिनापछि फर्किन्छु । त्यसपछि कामको गति अझ बढ्नेछ । २०७४ भित्र एल्बम निकाल्ने तयारीमा छु । भाव राम्रो भएको फरक शैलीको गीत लिएर आउनेछु ।

संगीतमा टिक्न कत्तिको गाह्रो छ ?
म खोलाजस्तै बगिरहेछु । शोहरूमा व्यस्त छु । तर आफ्नो स्वरलाई रेस्ट नहुने गरी काम गर्दिनँ । दिनदिनै शो गर्दिनँ । व्यस्ततालाई नियन्त्रण गरिरहेकी छु । टिक्न सक्छु वा सक्दिनँ त्यो त भन्न सक्दिनँ ।

गायनमा भविष्य सुरक्षित होला त ?
भविष्य हेरेको छैन । म वर्तमानमा बाँच्छु । कर्तव्य पूरा गर्दैछु । संगीतमार्फत जनचेतना बढाउने काम पनि गर्दैछु । यही सोच बोकेर अघि बढेकी छु । राम्रो गर्दै जाने हो, भोलिका बारेमा कसैलाई थाहा छ र ।

राम्री हुनुहुन्छ, अभिनयको लागि प्रस्ताव आएको छैन ?
आफूलाई मोटी त भन्दिनँ, अलि हेल्दी छु । आफूलाई जति माया गर्नुपर्ने त्यति गर्न सकिरहेको छैन । शोहरूको भिडियो क्लिपमा आफूलाई हेर्छु । कहिलेकाहीँ धेरै मोटी देखिन्छु । स्क्रिनको लागि सुहाउँदो हो कि होइन भनेर थाहै पाउँदिन । ‘झुम्के बुलाकी’ मा मोडलिङ गरेँ । चलचित्रबाट पनि अफर आएको थियो । तर म गायिकाकै रूपमा चिनिन चाहन्छु । पछि समय परिस्थिति त्यस्तै भयो भने गर्न पनि सक्छु ।

आफूले माया नगरे पनि अरूले माया गर्छन् होला नि ?
मन पराउने त होलान् । साथीहरूले ‘तँसँग त केटाहरू बोल्नै डराउँछन्’ भन्छन् । धेरै साथीहरू केटा नै छन् । मलाई किन त्यस्तो भनेको होला जस्तो लाग्छ । कसैले आँटिहाले पनि कराइदिन्छु । साथीकै हिसाबले सोच भन्छु ।

तपाईंलाई कोही मन परेन ?
कहिल्यै मन नपरेको त भन्न मिल्दैन । माया गर्ने मान्छे हुँ, आफन्त सबैलाई माया गर्छु । छुच्ची पनि छु । छिटो रिसाउँछु । विशेष मान्छे चाहिँ भेटेको छैन । सोचेजस्तो पाएको छैन ।

आफ्नो लागि कस्तो व्यक्ति होस् भन्ने लाग्छ ?
विचार मिल्नुपर्छ । परिवारले त सम्झौता गर्नुपर्छ भन्नुहुन्छ । तर सम्झौता परिस्थितिमा भर पर्छ । पहिला माया गर्ने मान्छे त चाहियो । सकारात्मक सोच्ने, सम्मान गर्ने, जात, धर्म, समुदाय नछुट्याउने, मानवता भएको, सेन्स अफ ह्युमर, खुला सोच भएको, राम्रो पढेको, हँसिलो पनि हुनुपर्छ । सोचेजस्तो मान्छे आउन चाहिँ आउँछ, तर कहिले आउँछ ।

प्रेमप्रस्ताव राख्नेलाई कसरी सम्हाल्नुहुन्छ ?
कार्यक्रममा प्रस्ताव गरिहाले भने धन्यवाद भन्छु, फेसबुकबाट गर्नेलाई पनि धन्यवाद दिन्छु । संगीत र स्वरलाई माया गर्नेलाई सम्मान गर्छु । तर अहिलेसम्म दिवानापन भएको मान्छे नभेटेकाले सम्हाल्न गाह्रो भएको छैन ।

गायनमा नलागेको भए ?
संगीतमा नभएको भए भीजे, इभेन्ट होस्ट हुन्थेँ । रेस्टुरेन्ट, पब, कफी सप खोल्ने इच्छा छ । होटेल म्यानेजमेन्ट, हस्पिटालिटी एकदम मनपर्छ ।

संगीतमार्फत समाजको लागि के गर्न चाहना छ ?
महिला सशक्तीकरणका लागि सहयोग गर्न चाहन्छु । ‘झुम्के बुलाकी’ मा छोरीलाई सक्षम हुने वातावरण मिलाइदेऊ भनेर चेलीको आवाज बोलेकी छु । मेरो गीतमा मानवतासँग जोडिएका कुनै न कुनै कुरा हुन्छ । यो प्रयास जारी छ ।

Loading...

प्रतिकृया दिनुहोस्