समाचार

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, १ सातामै यति धेरै घट्यो सुनको मूल्य

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य आज फेरि घटेको छ । बिहिबार सुनको मूल्य तोलामा ८६ हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामा नौ सयले घटेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा एक हजारले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८५ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८५ हजार १५० सय कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा १२८५ मा कारोबार भएकोमा आज घटेर तोलामा १२५० कायम भएको महासंघले जनाएको छ ।

यो साता सुनको भाउ तोलामै ३ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको अन्तिम दिन आज शुक्रबार प्रतितोला फाइन गोल्ड ८५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार १५० रुपैयाँ कायम भएको छ। आज पनि सुनको भाउ तोलामा ९०० रुपैयाँ घटेको छ।

गत साता शुक्रबार प्रतितोला फाइन गोल्ड ८८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। यो हिसाबले गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको भाउ तोलामै ३ हजार २०० रुपैयाँले ओरालो लागेको छ।

यो साता २ दिन बढेको सुनको भाउ ४ दिन भने ओरालो लागेको थियो। यो साता चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ घटेको छ। गत साता शुक्रबार १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार झरेर १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Related Articles

Back to top button