हिजो कोरोना खोप लगाएका पूर्वप्रधानमन्त्री भट्टराई बि’रामी , शिक्षण अस्पताल भर्ना
काठमाडौं-पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराई शिक्षण अस्पताल भर्ना भएका छन्। बुधबार कोरोना खो’प लगाएपछि डा. भट्टराईलाई ज्वरो आएको थियो। त्यसपछि डाक्टरको सल्लाहमै उनी अस्पताल भर्ना भएको जसपाका नेता गंगा श्रेष्ठले बताए। भट्टराईको अहिले स्वास्थ्य अवस्था नर्मल नै रहेका डाक्टरहरुले बताएको श्रेष्ठले जानकारी दिए।
‘कोरोना खोपछि न’र्मल मान्छेलाई त ज्वारो आउने गरेको देखिन्छ, उहाँ त बिरामी नै हुनुहुन्थ्यो। उहाँलाई पनि ज्वरो आयो’, श्रेष्ठले भने, ‘मैले भर्खरै भेटेर आएको हुँ, उहाँको अवस्था न’र्मल छ।’ पेटको स’मस्या भएपछि उनले लामो समयदेखि नेपालमै उपचार गरेका डा. भट्टराई यहाँका चिकित्सकले न्युरो–इ’न्डोक्राइनको ट्यु’मरमा क्या’न्सर भएको आशंका गर्दै थप उपचारका लागि नयाँदिल्ली जान सल्लाह दिएका थिए।
सोहीबमोजिम डा. भट्टराई केही दिनअघि नयाँदिल्लीस्थित इ’न्स्टिच्युट अफ लिभर एन्ड बि’लिअरी सा’इन्सेसमा भर्ना भएका थिए। त्यहाँका चिकित्सकले आवश्यक सबै परीक्षण गर्दा ट्यु’मरमा क्या’न्सर भइनसकेको पुष्टि गरेपछि मंगलबार भट्टराई नेपाल फ’र्केका हुन्। डाक्टरहरुले भट्टराईलाई ट्यु’मरको अ’परेसन भने दुई–तीन महिनाभित्रै गराउन सल्लाह दिएका छन्।