समाचार

इटाँ भट्टामा जिउँदै मजदुर राखेर पो’ल्ने नेता आलमलाई छुटाउन पहल गर्दैछु’- शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलम’को मु द्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन्
राससमा छापिएको समाचार अनुसार गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए ।

त्यहाँ भाषणका क्रममा देउवाले यस्तो अभिब्यक्ति दिएका हुन् ।
पूर्वप्रधानमन्त्री देउवाले देउवाले इँटाभट्टामा जि’उँदै मानिस ज ला ए र मा रे को अभियोगमा का रा गा रमा रहेका निलम्बित सांसद आलम’लाई रि’हा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे ।

देशमा अहिले जताततै धार्मिक कार्यक्रम भईरहेको उल्लेख गर्दै उनले धर्मको प्रभावले देशमा शान्ति आउने विश्वाससमेत व्यक्त गरे ।

महायज्ञको उद्घाटन गर्ने अवसर दिएकोमा उनले गढीमाई नगरपालिकाका मेयर श्यामबाबुु यादवलाई विषेश धन्यवाद दिएका थिए । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सभापति शेरबहादुर देउवालाई आयोजकले एकसय २१ किलोको माला लगाएर सम्मान तथा स्वागत गरिएको थियो ।

कार्यक्रममा काँग्रेस नेता ईन्द्रप्रसाद बानियाँ, काँग्रेस जिल्ला सभापति कृष्णप्रसाद यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Related Articles

Back to top button