भिडियो

जयन्ति राईले दिईन् ५० हजार ईनाम ! महिनौदेखि हराएको बालक यस्तो अवस्था फेला पर्यो (हेर्नुस् भिडियो)

करिब १ महिना अगाडी भक्तपुरबाट हराएका छोरा फेला परेका छन् । बालक फेला परेपछि निकै हर्षित भएका आमाबुवालाई जयन्ति राईले ईनाम स्वरूप ५० हजार दिएकी छिन् । भक्तपुरको ब्यासीमा बस्दै आएका प्रकाश लिम्बु र कबिता लिम्बुका १० बर्सिय छोरा प्रवेश लिम्बु र अर्का ११ बर्सिय बालक फेला परेका हुन् । हराएको १३ दिनदेखि नौबिसेको एउटा होटलमा काम गर्दै गरेको अवस्थामा दुई बालक फेला परेका हुन् ।

उक्त होटलका कर्मचारीबाट दुवै बालकको बारेमा थाहा पाएपछि आमा कबिता लिम्बु त्यहाँ पुगेर बालकहरुलाई लिएर घर फर्केकी छिन् । मुटुको टुक्रा आफ्नो छोरा सकुसल भएको देखेपछि कबिताको आँखामा खुशीको आँशु अडीएन । यही पौष १९ गते बिहानदेखि साथीसँग साइकलमा गएका प्रवेश दिउसो २ बजेसम्म पनि घर नआएपछि प्रहरीलाई खबर गरेको प्रवेशका बुबा प्रकाशले बताएका थिए ।

कहाँ गएको हो भन्ने पत्तो नभएको र यत्रो दिन बितीसक्दा पनि नभेटेपछि आफ्नो छोरा हराएर बिलौना गरिरेहेका लिम्बु दम्पत्ति मिडियामा आएका थिए । बालकहरु बेपत्ता भएपछि बालक प्रवेश नभेटेपछि रुँदै उनकी आमा कविताले रुँदै छोरा भेटे यो बिरानो काठमाडौँ छोड्ने बताएकी थिईन् । छोरालाई भेटेपछि कवितासँगको भावबिभोर कुराकानी हेर्नुस् तलको भिडियोमा :

यो पनि पढ्नुस

लामो समयदेखि विवादमा रहेको दुहवी–कटहरी विद्युत प्रसारण लाइनको निर्माण कार्य सकिएको छ । मोरङको गिधनिया वस्तीमा भएको अवरोधका कारण १३ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारणलाइनको काम रोकिएको थियो । तर अवरोध भैरहेको गिधनिया क्षेत्रमा पछिल्लो हप्तादेखि सुरु भएको काम सोमबार सकिएको हो ।

यही प्रसारण लाइनको विषयलाई लिएर गएको जेठ ७ गते मोरङका सांसद अमनलाल मोदी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमै बाझाबाझ भएको थियो । सांसद मोदीले ट्रंक लाइनमार्फत बिजुली दिँदा साढे ९ अर्ब भ्रष्टाचार भएको र घिसिङले त्यसलाई संरक्षण गरेको आरोप लगाउनुभएको थियो ।

जवाफमा कार्यकारी निर्देशक घिसिङले सांसद मोदीले अवरोध गरेका कारण दुहवी–कटहरी प्रसारणलाइनको काम पूरा नभएको आरोप लगाउनुभएको थियो । सांसद मोदीले नै प्रशारणलाइन निर्माणमा अवरोध गरेको आरोप पनि लागेको थियो । त्यसपछि कात्तिक १ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, मोरङ ४ का सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच काम अघि बढाउने र मोदीले सहयोग गर्ने सहमति भएको थियो ।

तर प्रसारण लाइनका कारण बस्तीमा समस्या आउन सक्ने भन्दै स्थानीयले विरोध गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालयले सुरक्षाको लागि प्रहरी पठापछि काम काम सकिएको हो । पछिल्लो एक हप्तामा गिधनिया बस्तीको २ दशमलव ८ किलोमिटर क्षेत्रमा अन्डरग्राउण्ड तार बिच्छ्याउने काम सकिएको नेपाल विद्युत प्राधिकरण १ नम्बर प्रादेशिक कार्यालयका प्रमुख श्रीराम पाण्डेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

‘प्रसारण लाइनको तार अन्डरग्राउन्ड गर्ने काम सकिएको छ, अबको २ हप्ताभित्र कटहरीको सबस्टेशन चार्ज थाल्छौं’ पाण्डेले भन्नुभयो ।

प्रसारण लाइनको अभावमा अहिले रंगेली र कटहरी क्षेत्रका स्थानीयबासिन्दा र उद्योगले नियमित बिजुली पाउन सकेका छैनन् । कटहरीमा ११ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति भैरहेको छ, तर लोड धान्न नसक्दा विद्युत नियमित छैन । उद्योगले मागेजति विद्युत दिन सक्ने अवस्था पनि छैन । अब २ हप्ताभित्रै सवस्टेशनको चार्ज सक्ने र विद्युत आपूर्ति हुने पनि उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close