भिडियो

अञ्जुले विबाह गरे लगत्तै बोले पूर्वपति मनोज सेवाक, अहिले आएर किन सम्झिए अञ्जुलाई, गाए यस्तो मार्मिक गीत, हेर्नुहोस् यो मनछुने भिडियो

अञ्जुले विबाह गरे लगत्तै बोले पूर्वपति मनोज सेवाक, अहिले आएर किन सम्झिए अञ्जुलाई, गाए यस्तो मार्मिक गीत, हेर्नुहोस् यो मनछुने भिडियो एक सयभन्दा बढी नेपाली फिल्मका गीतमा आवाज भरिसकेकी गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् । दुवैले क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा बिहे गरेको बुझिएको छ ।उनीहरुको बिहे समारोहमा सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो ।

यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् ।
प्रवण दिवसको छेकोमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । उनीहरुले यस वर्षको माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन सकेको थिएन । एक अन्तर्वार्ताको क्रममा थिरसँग अञ्जुको भेट भएको थियो । यसपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए । थिरले अञ्जुले गाएका केही गीतमा शब्द समेत कोरेका छन् ।

Related Articles

Back to top button