समाचार

अबदेखि सरकारले आठ कक्षासम्मका विद्यार्थीलाई परीक्षा नलिइ पास गर्ने

काठमाडौं । भारतको नयाँदिल्ली सरकारले आठ कक्षासम्मका विद्यार्थीहरुको परीक्षा नलिने निर्णय गरेको छ ।

कोरोना सं’क्रमणको म’हामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेकाले कक्षा तीनदेखि आठसम्मका विद्यार्थीहरुको लिखित परीक्षालाई असाइन्मेन्ट र प्रोजेक्ट वर्कबाट प्रतिस्थापन गरिएको छ । यसैको आधारमा प्राप्ताङ्क र ग्रेड निर्धारण गरी विद्यार्थीहरुलाई उत्तीर्ण गराइने छ । साथै कक्षा शिशुदेखि दुई कक्षासम्म सबै विद्यार्थीहरुलाई माथिल्लो कक्षामा सीधै भर्ना गरिने छ ।

दिल्लीका उपमुख्यमन्त्री एवम् शिक्षामन्त्री मनिष सिसोदियाले भनेका छन्, ‘कक्षा आठसम्म सबै बालबालिकाहरुलाई नो डिटेन्सन पोलिसीअनुसार उत्तीर्ण गराइने छ । तर यो वर्ष बालबालिकाहरुले सेमी अनलाइन क्लासमा के सिके भनेर बुझ्न जरुरी छ ताकि आगामी शैक्षिक सत्रमा राम्रो तयारी गर्न सकियोस् । त्यसैले हामीले यो वर्ष कक्षा आठसम्मका विद्यार्थीहरुलाई लिखित परीक्षाको सट्टा वर्षभरि वर्कसिट र असाइनमेन्टको आधारमा मूल्यांकन गर्दैछौं ।’

शिक्षामन्त्री सिसोदियाले दिल्ली सरकारले आगामी शैक्षिक सत्रमा बालबालिकाहरुका लागि ‘देशभक्ति पाठ्यक्रम’ ल्याउने घोषणासमेत गरेका छन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Related Articles

Back to top button