समाचार

२ वर्षीय छोराकी आमालाई आफ्नै श्रीमानले जे गरे …. त्यसपछि कारण थाहा पाउदा प्रहरी नै परे चकित

काठमाडौ । नवलपरासीमा आफ्नै श्रीमती को ह’ त्या गरेका युवकलाई अदालतले १६ वर्षको जेल सजाय सुनाएको छ । उनले गत कात्तिकमा घटना गराएका थिए । अदालतले रामकुमार श्रेष्ठलाई जेल सजाय सुनाएको हो । सुनवल नगरपालिका ७ तरगौली, नवलपरासी निवासी ३२ वर्षीय रामकुमारले २१ वर्षीया अस्मिता श्रेष्ठको ह’त्या गरेको ठहर अदालतले गरेको हो ।

सोमबार न्यायधीश ढाकाराम पौडेलको एकल इजलासले फैसला सुनाएको जिल्ला सरकारी वकील कार्यालय नवलपरासीका सुचना अधिकारी सहायक जिल्ला न्यायधिवक्ता गोकर्णराज घिमिरेले जानकारी दिए ।

रामकुमारले गत कात्तिक २७ गते दिउंसो आफ्नै कोठामा रहेकी अस्मिताको घां’टी थि’चे’र ह’त्या गरे’को पुष्टि भएको हो । उनले अस्मितालाई आफै देह त्याग गरेको दावी गर्दै आएका थिए । सामान्य विवादका बीच उनले अस्मिताको ज्यान लिएको वयानमा बताएका थिए । घरमा कोही पनि नभएको समयमा अस्मिता’ले पा’सो लगाएको दावी गरेका उनले प्रहरी र सरकारी वकिलसंगको वयानमा सबै वास्तविकता बताएका हुन् । घटना पछि उनले श्रीमतीको दिदी भिनाजुसंग अस्मितालाई अस्पताल पठाएर आफु भने घरमै बसेका थिए ।

उपचारका लागि देवदह मेडिकल कलेज लगिएको थियो । तर चिकित्कसले उनको निधन भएको घोषणा गरेका थिए । उपचारका लागि परीक्षण गर्ने क्र’म’मा उन’को घाँ’टी’मा नी’ल’डा’म देखिए पछि अनुसन्धान सुरु गरिएको थियो । अस्मिताका बुवा कृष्ण प्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा गत मंसिर ५ गते जा’हेरी दिए’का थि’ए । गल्याङ(८, तीनदोबाटेकी अस्मिताको ३ वर्ष अगाडी रामकुमारसंग मागी बिवाह भएको थियो । उनीहरु’को २ व’र्षीय छोरा समेत छन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गए’का रामकुमार गत असौजमा घरबिदामा आएका थिए ।

Related Articles

Back to top button