समाचार

सांसद नविना लामाले गरिन् बाँस्कोटाको बचाउ, ‘यो सरकार विरुद्ध षडयन्त्र हो’

काठमाडौं, ८ फागुन । कमिसन माग गरिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका तत्कालिन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा विरुद्ध सवत्र वि रोध भएको बेलामा सांसद नविना लामाले भने उनको बचाउ गरेकी छन् । लामाले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै बाँस्कोटाको बचाउ गरेका हुन् । उनले बाँस्कोटा विरुद्ध भएको वि रोध लाई सरकार प्रतिको आक्रमणको संज्ञा दिएकी छन् ।

केही दलाल, पुँजीपती र अन्तराष्ट्रिय समुदाय समेत मिलेर कम्युनिष्ट सरकार वि रुद्ध लागेको भन्दै लामाले बाँस्कोटाको बचाउ गरेका हुन् । उनले समाचार माध्यममा मात्र आएको कुरालाई माध्यम बनाएर कसैको चरित्र ह त्या गर्न नहुने भन्दै उनले बाास्कोटाको बचाउ गरेका हुन् । उनले खाएको मात्र वि ष लाग्ने र नखाएको वि ष नलाग्ने टिप्पणी गरेकी छन् । बाँस्कोटा वि रुद्ध भएको प्र क रण सरकार वि रोधी तत्वको ष ड यन्त्र भएको उनको भनाई छ ।

बाँस्कोटाको सो अडियो सार्वजनिक भएपछि देशब्यापी विरोध भएको छ । धनगढीबाट केही बेर अघि त्रिभुवन विमानस्थलमा ओर्लेका मन्त्री बाँस्कोटा विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका कार्यकर्ताले वि रोध गरेका छन् । विमानस्थलको गेटमा मन्त्री बाँस्कोटा विरुद्ध नेविसंघका कार्यकर्ताले नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । यसअघि नेपाली कांग्रेसले मन्त्री बाँस्कोटाको बर्खास्तीको माग गरेको थियो ।

Related Articles

Back to top button
Close