Sunday, April 5

फेरि पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

January 24, 2020 321

काठमाडौं । केही दिनदेखि बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । साढे ७६ हजार तोलाबाट घटेर ७३ हजार पुगेको सुन तीन दिनदेखि बढिरहेको छ ।

बजारमा शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुन आज ७५ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य बिहीबार ७४ हजार ७ सय प्रतितोला कारोबार भएकोमा आज बढेर ७४ हजार ९ सय पुगेको छ ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्