समाचार

मेरो प्यारो मान्छेलाई म अभागी बे’सहाराको धेरै-धेरै माया छ, जुनि जुनिसम्म हजुरको स्वर्गमा बास होस । मेरो बुढो, मेरो काले !

काठमाडौं – दुबईमा सवारी दु’र्घटनामा एक नेपाली युवाको नि’धन भएको छ । झापाको अर्जुनधारा नगरपालिका-३ खुज्नाबारी घर भएका कैलाश बिश्वकर्माको गत फेब्रुअरी ४ तारिखमा सवारी दु’र्घटनामा नि’धन भएको हो । कम्पनीको कामबाट फर्कैदै गर्दा सवारी दु’र्घटनामा उनको नि’धन भएको थियो । १८ दिन पहिले नि’धन भएका बिश्वकर्माको श’ व आज साँझ १० बजे नेपाल आइपुग्ने पारिवारिक श्रोतले हाम्रोसंचारलाई बताएको छ । मृ’त क कैलाश बिश्वकर्माको श’ व श्रीमती मनु सापकोटाले सँगै लिएर आउदैछन् ।

मृ’ त कको श’ व आजै राती गाउँसम्म पुर्याउने र भोली बिहान दाहसंस्कार गरिने बताइएको छ । बिगत ३ बर्षदेखि दुबईमा कार्यरत कैलाशले आफु परदेशमा एक्लै भएकोले केहि गर्न नसक्ने भन्दै श्रीमतीलाई पनि दुबई बोलाएका थिए । कम्पनीमा कार्यरत श्रीमान र श्रीमतीको बसाई करिब १ घण्टाको दुरीमा रहेको थियो । पारिवारिक श्रोतका अनुसार उनीहरु केहि दिनपछि नेपाल आउने तयारी गरिरहेका थिए ।

श्रीमानको नि’धनपछी विक्षिप्त बनेकी मृ’त’क’ की श्रीमती सापकोटाले फेसबुकमा भा’वुक स्टाटस लेखेकी छन् । उनले आफ्नो घरको पिलर ढ’लेको र सबैको बाँच्ने सहारा यति छिटै खोसेको भन्दै भगवानसँग गु’नासो गरेकी छन् । साथै उनले कलिलो उमेरमै सिउँदोको सिन्दुर पुछिएकाले समाजले बिधवा, अलक्षिनी आईमाई भन्ने होला भन्दै बि’लौना समेत गरेकी छन् ।

हेर्नुहोस् उनकी श्रीमती मनु सापकोटाले फेसबुकमा लेखेको यो मार्मिक स्टाटस

म एक्लै केहि गर्न नसक्ने भए मलाई तिम्रो साथ चाहियो बुडि भनेर मलाई बिदेश ल्याउनु भो, तर आज मलाई यहि बिदेशी भुमिमा एक्लै छाडेर सधैको लागि टाढा हुनु भयो मेरो बुडो । दुई बुडाबुडी हास्दै रमाउदै घर जाने बेला म बाकसमा लास लिएर कसरी फर्किउ । मेरो हजुर हजुरसँग सम्बन्ध जोडेको पनि जम्मा ६ बर्स त भयो । किन यति छोटो समयमा मलाई एक्लै बनाएर जानु भयो । मेरो बाबा मर्नुभन्दा २ दिन पहिले मेरो डिउटीमै १० मिनेट भेटेर जानु भयो । त्यो नै अन्तिम भेट भयो ।

तपाईलाई भेट्न आउछु भनेर पकाएको मासु भात अरुले नै खाए । हजुरलाई भनेर किन्देको रक्सी अझै तेत्तिकै छ । ७ घन्टा मात्रै केहि नभैदिए म मेरो बाबालाई भेट्थे । किन यति धेरै निष्ठुरी भयौ भगवान । मेरो घरको पिलर ढा’ल्यौ, हामी सबैको बाच्ने सहारा यति छिटै किन खोस्यौ भगवान ? किन यति धेरै नि’स्ठुरी भयौ भगवान ? मेरो यो उमेरमा सिउदोको सिन्दुर पुछियो । मेरो बाँच्ने आधार भ’त्कियो । अब समाजले मलाई बिधबा भन्ने होला । अलक्षिनी आईमाई भन्ने होला । म दुनियाँको अपमान सहेर कसरी बाचौला । हजुरले त हामिलाई छाडेर जानु भयो । मेरा अगाडिका ठुला-ठुला जिम्मेवारी म कसरी पुरा गरूँ । मेरो दुधे नानीलाई म एक्लै कसरी हुर्काउ । हामिलाई जकेट लाएर चिसो हुन्छ, कम्बल ओडेर चिसो हुन्छ । झन् हजुर त चिसो बरफमा हुनुहुन्छ । हजुरलाई झन कति धेरै चिसो भएको होला मेरो बुडो ।

दिनमा १०० पटक काली भन्दै फोन गर्नुहुन्थ्यो । अब त हजुरको फोन आउनै छाड्यो । बिदेशको ठाउमा छु, मलाई सम्हालिदिने कोहि छैन भनेर आफैले आफैलाई सम्हाले तर अब त सम्हाल्न सकिन । सिरिफ ६ दिन भयो हजुरले मलाई छाडेर जानु भएको । यो ६ दिन त मेरा लागी ६ बर्ष झै लाग्यो भने अझै पुरा जिन्दगी बाँकी छ । हजुर बिना म कसरी बाँचु । अब मेरो लागि आकाश खस्यो, धर्ती फाट्यो संसाररै अध्यारो भयो । मेरो कर्ममा सुख र माया पाउन लेखेको रहेनछ, त्यसैले यति छिटै भगवानले टपक्क टिपेर लिनु भयो । यो जुनिमा लामो समय हजुरको माया र साथ पाउन सकिन, अर्को जुनि धेरै लामो आयु लिएर आउनु अनी धेरै माया र साथ दिनु ल । मेरो प्यारो मान्छेलाई म अभागी बे’सहाराको धेरै-धेरै माया छ, जुनि जुनिसम्म हजुरको स्वर्गमा बास होस । मेरो बुढो, मेरो काले !

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Related Articles

Back to top button