भिडियो

बिनयसंग बिवाह हुन लागेकी पुजालाई किन भनियो कान्छी श्रीमती ? पूजाले दु:ख मान्दै दिईन यस्तो प्रतिकृया (भिडियो)

काठमाडौ । बिबिसीले विश्वका प्रभावशाली १०० महिलाको सूचीमा राखेकी सपना रोकाले दिएको उजुरीका आधारमा विनयजंग बस्नेत प’क्राउ परेका छन् । विनयजंगले सपनाको नाँ गो तस्बिर मेरो मोवाइल र पेनड्राइभमा छ म आवश्यक पर्यो भने सार्वजनिक गरिदिन्छु भनेर ध ‘म्की दिए पछि सपनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

सपना र विनयजंग वे’वारिसे श’व ब्यवस्थापनमा केही समय संगै काम गर्थे । तर पछिल्लो समय उनीहरुबीच सम्बन्ध विग्रिएपछि अहिले सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम थालेकी छन् । उनले छुट्टै काम थालेपछि सपनासंग विनयजंगको सम्बन्ध थप विग्रियो । त्यसैवेला सपनाको बुवाआमाले उनीहरुको सम्बन्धमा बारेमा केही नयाँ कुरा खुलाएपछि थप चर्चा भएको थियो ।

यस विषयमा पहिलो पटक विनयजंगको प्रेमिका भनिएकी पुजा विकले खुलाएकी छन् । पुजाले सपना र विनयजंग बुवा छोरीकै सम्बन्धमा रहेको र विनयजंगले सपनाका पूर्व श्रीमान दावी गरेका ब्यक्तिले विनयजंगलाई सपनाको तस्बिर पठाएको आफुले थाहा पाएको बताएकी छन् ।

उनले विनयजंग रिह्याव सेन्टरमा जाँदा विनयजंगको मोवाइल हेर्दा त्यस्ता तस्बिर आफुले पनि देखेको बताएकी छन् । ति तस्विर सपनाको पूर्व पति भनेर दा’वी गरेका ब्यक्तिले नै विनयजंगलाई पठाएको उनको भनाई छ । उनले वुवाआमाले पनि सपना र विनयजंगको सम्बन्धका बारेमा गलत बुझाई राखेको बताएकी छन् । उनले आफु सपना र विनयजंगसंग बराबर रुपमा नजिक रहेकाले को सहि हो को गलत भनेर छुट्याउन नसकेको बताएकी छन् ।

उनले अनावश्यक रुपमा अन्य ब्यक्तिको संलग्नता नभए विनय र सपना फेरी एक भएर काम गर्न सक्ने सम्भावना रहेको बताएकी छन् । उनले समाजमा उनीहरुलाई मिलाउने भन्दा पनि वि’वादमा ल्याउने समुह सकृय भएको बताएकी छन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Related Articles

Back to top button