समाचार

तत्कालीन संचारमन्त्री बास्कोटासँग ७० करोडको बार्गेनिङको कुरा गर्ने यिनै हुन् !

काठमाडौं । गत पुस २१ गते सार्वजनिक लेखा समितिको बैठकको एजेन्डा सेक्युरिटी प्रेसको विषयमा थियो । बैठकमा विज्ञका रुपमा विजयकुमार मिश्रलाई आमन्त्रण गरिएको थियो ।त्योबेला सांसदहरु नै अचम्ममा परे ।सेक्युरिटी प्रेसका नेपाली एजेन्ट विजयकुमार मिश्र विज्ञका रुपमा समितिमा आएका थिए । उनले समितिको बैठकमा सेक्युरिटी प्रेसमा ६ अर्ब रुपैयाँ आर्थिक अनियमिता हुन लागेको ठोकुरा समेत गरेका थिए ।त्यो बैठकमा मिश्रसँगै अर्का व्यक्ति पनि उपस्थित थिए, सुदीपराज पाण्डे । सांसद् सदस्यहरुले त्योबेला नै एजेन्टका रुपमा चिनिएका मिश्रलाई विज्ञका रुपमा बोलाएको भन्दै आपत्ति जनाएका थिए ।

बैठकमा सांसद् सूर्य पाठकले मिश्रलाई विज्ञताको प्रमाणपत्र माग्दै सरकारले किन्न लागेको मिसनको गुणस्तर र बजार मूल्यको जानकारी दिन बोलाएको भन्दै उनले उठाएको प्रश्नमा नै आंशका गरेका थिए ।लेखा समितिमा सांसद्हरुले सभापति भरत शाहसँग एजेन्टलाई विज्ञका रुपमा बोलाएको भन्दै आपत्ति जनाए । सरकारले जिटुजी मोडलबाट फ्रान्स वा जर्मनीबाट सेक्युरिटी प्रेस किन्ने निर्णय गरेको थियो ।यद्यपि २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७३ सालमा बिटुबी मोडलमा ५ वर्षमा सरकारलाई हस्तान्तरण गर्ने गरेर स्वीस कम्पनीले प्रस्ताव गरेको थियो ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डमार्फत् प्रक्रिया अगाडि नबढाएर जिटुजी मोडलबाट फ्रान्स वा जर्मनीबाट सो प्रेस किन्ने प्रक्रिया अगाडि बढाएका थिए ।यसका लागि बिहीबार राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बास्कोटाले जर्मनी र फ्रान्सको भ्रमण गरेका थिए ।सार्वजनिक लेखा समितिमा विज्ञको रुपमा प्रस्तुत भएका मिश्र मेसिनरी एन्ड सेक्युरिटी प्रिन्टिङ प्रालि नेपालका सञ्चालक हुन् ।उनले आफू सचेत नागरिक भएको र आर्थिक अनियमिता हुन लागेको कुरा जानकारी गराएका थिए । लेखा समितिको बैठकपछि पत्रकारहरुसँग उनले ६ अर्ब रुपैयाँ यसमा अनियमिता हुन लागेको बताएका थिए ।

सरकारले जिटुजी प्रक्रियाबाट फ्रान्स र जर्मनीको कम्पनीबाट प्रेस किन्ने भनेपछि दुई कम्पनीका एजेन्टहरु बढी सलबलाएका थिए । जसमा फ्रान्सको कम्पनीको नेपालको एजेन्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त माया गर्ने यति होल्डिङ हो ।यति होल्डिङ एजेन्ट भएको हुँदा फ्रान्सको कम्पनीबाट खरिद हुने कुरा धेरैलाई लागिसकेको थियो ।नेपालमा सुरक्षित मुद्रण नोट, अन्तःशुल्कको स्टिकर, हुलाक टिकटलगायत छाप्नका लागि सुरक्षित मुद्रण स्थापना गर्न लागिएको थियो ।स्वीस कम्पनी प्रतिस्पर्धामा नभए पनि मिश्रले आफ्नो लबिङ छाडेका थिएनन् । सार्वजनिक खरिदबाट सरकारले सेक्युरिटी प्रेस खरिद गर्ने निर्णय जिटुजीबाट गर्ने निर्णय गरेपछि मिश्र निकट व्यक्तिले सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए ।

सञ्चारमन्त्रीलाई भेटेका मिश्रले भिडियो खिचेका थिए । जसको भिडियो नआएपनि अडियो आएको थियो । उनले प्रधानमन्त्रीसँग त्यो अडियो पुर्याइसकेको विभिन्न सञ्चारमाध्यममा बताउँदै यसले सञ्चारमन्त्रीलाई महंगो हुने बताएका थिए ।आखिरमा सञ्चारमन्त्रीलाई मिश्रसँगको कुराकानी महंगो नै भयो । काठमाडौंका ठूला कर्पोरेट संचारमाध्यमले अडियो सार्वजनिक नगरे पनि डिजिटल मिडिया ‘हाम्रा कुरा डटकम’ले सो समाचार बुधबार प्रकाशित गर्यो ।बिहीबार महेन्द्रनगरबाट फर्केपछि बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिए ।अर्थात् मिश्रले भनेजस्तै सञ्चारमन्त्रीलाई त्यो कुराकानी महंगो सावित भयो ।

Related Articles

Back to top button
Close