समाचार

सञ्चारमन्त्री बाँस्कोटाले राजिनामा दिए

काठमाडौँ, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका हुन् । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका हुन् ।

उनले भने, मन्त्रीज्युले सम्बन्धित निकायमा राजीनामा बुझाएको अनौपचारिक जानकारी मसँग आएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडिओ बिहीबार सार्वजनिक भएको थियो । कञ्चनपुरमा रहेका मन्त्री बाास्कोटा काठमाडौं आएर राजिनामा दिएका हुन् । उनले काठमाडौं आएपछि त्यसवारे वास्तविकता बताउने प्रतिकृया दिएका थिए ।

Related Articles

Back to top button
Close