भिडियो

धुर्मुस सुन्तली अभिनित ‘सेन्टी भाइरस’को तेस्रो गीत सार्वजनिक [भिडियो सहित ]

काठमाडौं ०८ फागुन / शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘सेन्टी भाइरस’को सेन्टिमेन्टल सङको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । एनि लै बोलको गीतमा हर्क साउदको शब्द तथा संगीत रसुशान्त गौतमको स्वर छ ।

फिल्म ‘सेन्टी भाइरस’ लाई धुर्मुस र सुन्तलीले निर्माण गरेका हुन् । फिल्ममा धुर्मुस सुन्तली सहित अभिनेता दयाहाङ राई, कलाकार सन्दिप क्षेत्री, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणी नेपाल लगायत कलाकारहरुको अभिनय छ । रामबाबु गुरुङ निर्देशित फिल्म राजनीतिक विषयमा बनेको छ ।

यो पनि पढौ :

सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र सेन्टि भाइरसको प्रमोशनल गीतको छायांकन गरिएको छ । यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा सेन्टि भाइरसको प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले पार्टि जिताइदे बोलको गीतको सोमबार छायांकन गरिएको हो ।

चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राईलाई देख्न सकिनेछ ।

भिडियो चलचित्रका लेखक दीपक आचार्यले निर्देशन गरेका छन् । भिडियोमा राजनितिक पार्टिको प्रचार तथा दुईपार्टि बिचको झैझगडालाई देखाइएको छ ।

चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सहनिर्माता फूर्पा लामा हुन् ।

कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । यो चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

Related Articles

Back to top button
Close