समाचार

भीमेश्वर मन्दिरको शीलामा ‘पसिना’, के हुन लाग्यो मुलुकमा ?

चरिकोट, ८ फागुन । सुप्रशिद्ध दोलखाको भीमेश्वर मन्दिरको शीलामा पानीको थोपा (पसिना) देखिए अनिष्ट हुने धार्मीक विश्वार छ । अहिले मन्दिरको शीलामा पसिना आएको भन्दै दर्शन गर्नेको ठूलो भिड लागेको छ । यो १७ औं पटक ‘पसिना’ आएको हे ।

बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई ‘पसिना’ आएको भन्दै भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए पछि राष्ट्रपति विद्यादेवि भण्डारीले क्षमा पूजाका लागि सामग्री पठाएकी छन् । भिमेश्वको मन्दिरको शीलामा पसिना आएपछि राष्ट्र प्रमुखले क्षमापुजा गर्नुपर्ने धार्मीक परम्परा छ ।

भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहि आएका कारण राष्ट्रपति भण्डारीले पुजासामथ्री पठाएकी हुन् । यस अगाडि २०७४ सालमा भीमेश्वरलाई ‘पसिना’ आएको थियो। शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्‍नुलाई भीमेश्‍वलाई पसिना आएको भन्ने गरिन्छ।

भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा ‘पसिना’ आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा सामग्री पठाएकी थिइन्।

Related Articles

Back to top button
Close