रोचक

यस्तो छ अभिनेत्री हिना खानले अनुहार चम्काउने घरेलु उपाय, तपाई पनि प्रयोग गर्ने की ?

काठमाडौँ । टेलिभिजन अभिनेत्री हिना खानको योग गरिरहेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन्। केही व्यक्तिले उनको तस्वीरलाई लिएर ट्रोल पनि बनाएका छन्। आज हामीले हिना खानको फिटनेस र सुन्दर स्कन सिक्रेट बताउँदै छौँ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनले मिडियामा दिएको अन्तवार्तामा भनेकी छिन्, जुन कुरा हामीले खान्छौँ, त्यसले हाम्रो अनुहारलाई रिफलेक्ट हुने गर्दछ। हाम्रो अनुसार हाम्रो इन्टरनल सिस्टमको ऐना हो। मैले दिनभर थोरैमा १२ गिलाससम्म पानी पिउने गर्दछु।

यसले मेरो सिस्टम क्लयर हुने गर्दछ। हरेक दुई दिनमा नरिवल पानी पिउने गर्दछु। एक कचौरा दही खान पनि जरुरी छ। खानामा माछामासु तथा तरकारी दुबै प्रकारको खाना खाने गर्दछु। सधै सन्तुलन मिलाएर खाने गर्दछु। जसका कारण शरीर स्वस्थ हुन्छ र स्किनमा ग्लो बढ्छ।

छाला स्वस्थ राख्न खानले अप्नाउने घरेलु उपाय

केमिकल ट्रिटमेन्ट्सको सट्टा घरेलु उपचार प्रयोग गर्नु

अनुहारलाई फ्रेस राख्नका लागि टमाटरको फेस प्याक बनाएर लगाउने

दुध र गुलाब जल मिलाएर हरेक दिन अनुहारमा लगाउने

स्ट्रोबरी, मह र दही मिलाएर फेस स्क्रब गर्ने

कपालको हेरचाह
महिनामा थोरैमा एक पटक बदामको तेल र नरिवलको तेल मिलाएर लगाउने,

अण्डा, दही, कागती मिलाएर बपाउने लगाउने र फेरि त्यसलाई अरु समय जस्तै गरी धुने

महिनामा दुई पटक कपालमा मेहेन्दी लगाउने, तर कन्डिसनरको प्रयोग नगर्ने

Related Articles

Back to top button