समाचार

बाजुरामा भूकम्पको धक्कापछि भागदौड

बाजुरा – बाजुरामा बुधबार राति चार दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सीमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । भूकम्पले क्षति पुर्‍याएको छ, छैन खबर गर्न मातहतलाई निर्देशन दिएको उनले बताएका छन ।भूकम्पछि केही भागदौड भएको बताइएको छ ।

Related Articles

Back to top button
Close