भिडियो

स्वेता खड्काको भव्य बिहे भोज, सिउँदोमा सिन्दुरले सजिएर श्रीमानको हात समाउदै आउँदा सबैलाई लोभ्याईन

भिडियो यो समाचारको अन्त्यमा राखिएको छ पुरा हेर्नुहोला राजनेताको वैदिक कसीराजनेता निर्वाचित हुन्छ । ऋग्वेद (१०।१७।३) त्यसै भन्छ । अथर्ववेद (३।३) त्यसै भन्छ । त्यो बेलाको राजा नै राजनेता हो । जनताको दु:ख–सुखको साथी । आफैं लडाइँमा जाने । शत्रुलाई जित्ने । मित्रलाई बचाउने । त्यस्तो राजनेता हँसमुख हुन्छ (ऋग्वेद, १०।१७४) । जनसेवी हुन्छ (यजुर्वेद, १।८।१६) ।

प्रजावत्सल हुन्छ, दयालु हुन्छ (अथर्ववेद, ३।४) । त्यसैले जनताको सम्पन्नतामा हरदम चिन्तनरत हुन्छ । त्यसैले त अथर्ववेद (४।८) ले भन्छ— राजनेताले सबैको भलो गर्छ । अनि न वानप्रस्थ भए पनि ती राजनेतालाई जनताले पछ्याउँछन् (यजुर्वेद, १।८।१६) । जनावरले पनि माया गर्छन् (अथर्ववेद, ३।४) ।

वैदिक जगमा बनेको मान्यताले भन्छ— राजनेतामा अग्निको जस्तो इच्छाशक्ति हुनुपर्छ । अश्विनी कुमारको जस्तो स्वास्थ्य हुनुपर्छ । इन्द्रको जस्तो स्पष्ट सोच हुनुपर्छ । वायुको जस्तो ऊर्जा हुनुपर्छ । पानीको जस्तो बुद्धि हुनुपर्छ । सोमको जस्तो खुसी हुनुपर्छ । मित्रको जस्तो सत्य र इमानदारी हुनुपर्छ । सरस्वतीको जस्तो बुद्धि, विवेक र प्रेरणा हुनुपर्छ (‘रुट्स अफ लिडरसिप इन वेदाज : लिडरसिप च्यालेन्जेज,’ पीएमपीसी १७।३।१८) ।

नेपालीले श्री ३ देख्यौं । श्री ५ देख्यौं । दुवै थरीको पारिवारिक सत्ता हस्तान्तरण देख्यौं । यहाँ ऋग्वेद (१०।१७।३) र अथर्ववेद (३।३) को बेवास्ता भयो । हामी बोलेनौं । यो प्रावधानले वैदिक राजालाई छोयो । लौकिक राजाहरू भने पारिवारिक सत्ताकै उत्तराधिकारी बने । बनाइए । ओमन, साउदी अरेबिया, स्वाजिल्यान्ड र भ्याटिकन सिटीले अझै पनि राजालाई सर्वाेच्च मानेका छन् । अरूहरूले संवैधानिक राजा बनाए । पारिवारिक सत्ता हस्तान्तरणलाई चुनौती गरेनन् । समसामयिक जनमत पनि गरेनन् । यसका दुई अर्थ हुन सक्छन् । पहिलो, अहिलेका राजाहरूले नै जनमतमा जान चाहेनन् । दोस्रो, जनताले निर्वाचित राजामा वसियतले आर्जिने राजसी तागत देखेनन् । त्यसैले निर्वाचित राष्ट्रपति तथा प्रधानमन्त्रीको चिन्तन पो आयो कि त ? ऋग्वेदको शब्दावलीमा ‘प्रकृति रक्तजनात’ को उपयोग त्यही पो हो कि त ? राजनेता बन्ने कसी त्यही हो कि त ?

गुप्त मन्त्रणा मन्त्रीको काम हो । स्वामी प्रपन्नाचार्य (२०७५) ले त्यही भन्नुभयो । ‘वेदमा के छ ?’ भन्ने किताब साक्षी छ । राजा वा राष्ट्राध्यक्षलाई अत्यन्त सूक्ष्म विचार दिनु मन्त्रीको काम हो । त्यस्ता राजा वा राष्ट्राध्यक्षलाई गुप्त मन्त्रणा दिन सक्नेहरू नै मन्त्री बने । बनाइए । त्यसैले पुरोहित मात्र प्रधानमन्त्री बनाइन्थे । पुरोहित भनेका बस्ती वा सहर वा जनताको हित गर्ने व्यक्ति हुन् । त्यही तागत भएकाले उनी राजा वा राष्ट्राध्यक्षलाई निर्देशन दिन सक्थे । किनकि उनी त्यागी र लोकहितेच्छु हुन्थे । अर्थात्, वेदले बुझेका पुराहित नीतिज्ञ हुन् । मार्गनिर्देशक हुन् । जनप्रतिनिधि हुन् । त्यस्तालाई पनि गुप्त मन्त्रणा दिन सक्ने व्यक्ति मात्र मन्त्री हुन लायक मानिन्थे । अर्थात्, मन्त्री भनेको प्रधानमन्त्रीलाई मन्त्रणा दिने व्यक्ति हो । वेस्टमिन्स्टर प्रणाली भएको देशमा प्रधानमन्त्रीले शासन (रुल) गर्छ । राजा वा राष्ट्राध्यक्ष मानार्थ हुन्छन् । तिनको नाममा शासन (रिन) गरिन्छ । यहीँ प्रश्न उठ्छ— मन्त्रीहरू राजनेता हुन् त ? वैदिक आधारमा हेर्दा उनीहरू राजनेता हैनन् । मन्त्रणा दिने व्यक्ति मात्र हुन् ।

वेद नबुझेका अमेरिकीहरू पनि राजनीति गर्नेलाई मात्रै मन्त्री बनाउन्नन् । विज्ञ खोज्छन् । मन्त्रणा दिन सक्ने विज्ञ । त्यो कुरा उनीहरूको संविधानको भाग २ खण्ड २ को उपधारा १ ले भनेको छ । त्यहाँ लेखिएको छ— मन्त्रीहरूको काम राष्ट्रपतिलाई सल्लाह दिनु हो । मन्त्री मण्डलको मेमो पढ्नु हो । निर्णय गर्नु हो । यसको अर्थ हो— मन्त्रीहरू शासक होइनन् । तिनीहरूको काम हो— नीतिगत निर्णय गर्नु, प्रशासनिक आदेश दिनु र नीतिगत निर्णय गरिएका कामहरूको सुपरिवेक्षण, अनुगमन तथा निरीक्षण गर्नु ।

वेस्टमिन्स्टरबाट वासमिन्स्टर प्रणालीमा गएको अस्ट्रेलियामा पनि मन्त्रीहरूको भूमिका त्यही नै हुन्छ । वासमिन्स्टर प्रणालीमा वेस्टमिन्स्टर प्रणाली तथा आदिवासीको प्रणालीका गुणहरू हुन्छन् । यो प्रणालीका मन्त्रीहरूलाई नियमन गर्न आचारसंहिता बनाइएको छ । आचारसंहितामा सम्बन्धित कर्मचारीतन्त्रको विभाग तथा शाखाबाट इमानदारीपूर्वक पारित नीति कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । अरू व्यक्तिगत गुणका कुरा छन् ।

संस्कारले वेद बुझे/बुझाइएका नेपालीले पनि ‘मन्त्री’ शब्द बोक्यौं । ‘प्रधानमन्त्री’ शब्द बोक्यौं । ‘मुख्यमन्त्री’ शब्द बोक्यौं । अर्थ चाहिँ वेदले नबुझेको लगायौं । त्यसैले बाइसे–चौबीसे राजाहरूले मन्त्री, मुख्यमन्त्री तथा प्रधानमन्त्री भनेनन् । राजा रणबहादुर शाहले मुख्तियार बनाएको देखिन्छ । मुख्यमन्त्री नै मुख्तियार हो । राजा पृथ्वीनारायण शाहले काजी बनाएको देखिन्छ । तत्कालीन सेन राजाहरूले पनि काजी नै भनेको भेटिन्छ । बरु ‘मूलकाजी’ तथा ‘देवानकाजी’ भन्ने शब्द भेटिन्छन् । ‘प्रधानमन्त्री’ चाहिँ जंगबहादुर राणाको पालामा भेटिन्छ । त्यति बेलाका मन्त्रीहरूको भाषण भेटिन्न । सायद भाषण दिने आजको संस्कार हिजोका मन्त्रीहरूमा थिएन । मन्त्रणा तथा गोप्य मन्त्रणामा मात्रै उनीहरू सीमित थिए । प्रजातन्त्रोत्तर नेपालले भने ‘मन्त्री’ तथा ‘प्रधानमन्त्री’ शब्दको प्रयोग गरेको भेटिन्छ ।

ग्रीष्मबहादुर देवकोटाले ‘नेपालको राजनीतिक दर्पण’ (भाग १ तथा भाग २) मा तत्कालीन राजा, प्रधानमन्त्री तथा मन्त्रीका भाषणहरूको विश्लेषण गरे । त्यो विश्लेषणले बुझाउँछ, तिनताकाका प्रधानमन्त्री, मन्त्री तथा राजाहरू भाषण दिन्थे । यस अर्थमा वेदका मन्त्रीहरूको भन्दा भिन्नै काम गर्थे । त्यही भाषण नै उनीहरूको काल बन्ने गथ्र्याे । कहिले जागिर जाने । कहिले विवादमा पर्ने । परिणाम नेपालीले भोग्यौं । रोइलो उनले गरे । दु:ख हामील

Related Articles

Back to top button