अन्तर्राष्ट्रिय समाचार

विदेशमा मृ’त्यु भएका २४६ नेपालीको श’व स्वदेश ल्याइयो

काठमाडौं। विदेशमा मृ’त्यु भएका २४६ नेपालीको श”व स्वदेश ल्याइयो, १७२ को विदेशमै ,२४ साउन काठमाडौ । वैदेशिक रोजगारीको क्रममा ज्या’न गु’माई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको श’व विदेशमै अन्त्येष्टि गर्न मृ”तकका परिवारसँग सहमति प्राप्त भएको छ ।वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ शवमध्ये १७२ जनाको श’व विदेशमा नै अन्त्येष्टि लागि सहमति प्राप्त भएको हो । यसमध्ये २४६ जनाको श’व नेपाल ल्याई परिवारलाई बुझाइएको छ ।बोर्डले दिइएको जानकारी अनुसार विदेशमा १५ जना महिलाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी साउदीमा एक महिलासहित १७३ जना नेपालीले ज्यान गुमाएका छन् । सबैभन्दा कम ओमानमा दुई जना पुरुषले ज्यान गु’माएका छन् ।यसै गरी मलेसियामा ९२ जना नेपालीले ज्यान गुमाएकोमा आठ जनाको विदेशमा अन्त्येष्टि लागि सहमति प्राप्त भएको र ८४ जनाको श’व परिवारलाई बुझाइएको बताएका छन्

युएईमा पाँच महिलासहित ८३ जनाले ज्यान गुमाएकोमा ६० जनाको श’व विदेशमा अन्त्येष्टिको लागि सहमति प्राप्त भएकोमा १८ जनाको शव परिवारलाई बुझाइएको र बाँकी पाँच जनाको श’व विदेशमै रहेका छन् ।कतारमा दुई महिलासहित ७७ जना नेपालीले ज्यान गु’माएकोमा २७ जनाको श’व विदेशमै अन्त्यष्टिको लागि सहमति प्राप्त भएको र ४९ जनाको श’व नेपाल ल्याइ परिवारलाई बुझाइएको छ । एक जनाको श’व विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

Related Articles

Back to top button
Close