समाचार

पर्सि शुक्रबार देशैभर सार्वजनिक बिदा !

काठमाडौँ, फागुन ७ । पर्सि शुक्रबार अर्थात् फागुन ९ गते देशैभर सार्वजनिक बिदा हुने भएको छ ।नेपाल सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले महाशिवरात्रीमा हरेक वर्ष बिदा दिने गरेको छ ।

सेना दिवससमेत पर्ने शिवरात्रीको दिन सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । उता प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय प्रजातन्त्र दिवस–२०७६ का अवसरमा आज शुभकामना दिँदै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले प्रजातन्त्र प्राप्तिका लागि भएको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् वीरशहीदलाई स्मरण गर्दै उहाँहरुप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले सन्देशमा २००७ साल फागुन ७ गतेका दिन नि-रङ्कुश जहानियाँ राणाशा-सनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गरी मनाइरहेको उल्लेख गर्दै आजको दिन देशलाई लामो समयसम्म नि-रङ्कुश, जहानियाँ, ता-नाशाही र एकतन्त्रीय शा-सन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन रहेको बताउनुभयो ।

उहाँले आज संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवं राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा उभिएका सन्देशमा उल्लेख गर्नुभएको छ । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा अभूतपूर्व उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धि यतिबेला धमाधम संस्थागत हुँदै गएको जनाउनुभएको छ ।

Related Articles

Back to top button
Close