काठमाडौं : सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा कुवेतविरुद्ध खेलमा अर्काे सफलता मिलेकाे छ । सन्दीप लामिछानेले दुई वकेट लिएसँगै नेपाललाई अर्काे एउटा सफलता मिलेकाे हाे । बसन्त रेग्मी दुई विकेट लिएसँगै अर्काे सफलता मिलेकाे हाे । नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।नेपालले दोस्रो ओभरको पहिलो बलमै विकेट लिन सफल भएको थियाे । नेपाललाई पहिलो सफलता करण केसीले दिलाएका हुन् । कुवेतले १० ओभरमा ५ विकेट गुमाउँदै ७१ रन जाेडेकाे छ ।
आज नेपालले टस जितेर टस जितेर फिल्डिङ रोजेको हो । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् ।नेपालको प्लेइङ ११ –
१.पारस खड्का (कप्तान), २. ज्ञानेन्द्र मल्ल, ३. शरद भेषावकर, ४. वसन्त रेग्मी, ५. सोमपाल कामी, ६. अभिनास बोहोरा, ७. सन्दीप लामिछाने, ८. दीपेन्द्रसिंह ऐरी, ९. विनोद भण्डारी, १०. करण केसी, ११. रोहितकुमार पौडेल