समाचार

जब ५ बहिनी बुवाको श’व बोकेर घा’टतर्फ अघि बढे …

बाटोमा दृश्य देख्ने जोकोहीका आँखा रसाएका थिए । महिलाले श’व बोक्नु हुँदैन भन्ने मान्यतालाई चिर्दै छोरीहरूले बुवाको श’व बोकिरहेका थिए

धनुषाको सबैला नगरपालिका–२ मा फागुन ६ गते मंगलवार फरक दृश्य देखियो । ४ जना महिला बुवाको श’व काँधमा बोकेर भक्कानिँदै थिए । अघिअघि उनकी आमा, पछिपछि ४ जना दिदीबहिनीले काँधमा श’व उठाएर मसानघा’ट गइरहेको दृश्य थियो त्यो ।

पछिपछि गाउँसमाजका अन्य व्यक्ति पनि मलामीमा सहभागी थिए । ‘राम नाम सत्य है, सबका यही गत्य है’ मलामी ५ किलोमिटरसम्म गएको थियो । गाउँ हुँदै श’वलाई मसानघा’टसम्म पुर्‍याउँदा बाटोमा दृश्य देख्ने जोकोहीका आँखा रसाएका थिए । महिलाले श’व बोक्नु हुँदैन भन्ने मान्यतालाई चिर्दै छोरीहरूले बुवाको श’व बोकिरहेका थिए ।

कुनै छोरा थिएन, मैले आफ्ना सबै छोरीलाई नै छोरासरह मानेर पालनपोषण गरेकी थिएँ,’ दागबत्ती दिएकी रयिबा देवीले भनिन्,

सबैला नगरपालिका–२ का ६५ वर्षीय रामनारायण यादवको फागुन ६ गते नि’धन भएको थियो । मृतक यादवका छोरा छैनन् । ५ जना छोरी मात्रै छन् । जेठी छोरी ४० वर्षीया नेतुर यादव, त्यसपछिका छोरीहरू ३७ वर्षीया राजोदेवी यादव, ३५ वर्षीया प्रमिलादेवी यादव, ३२ वर्षीया अनितादेवी यादव र ३० वर्षीया गोर्की यादवले बुवाको श’वलाई काँध दिए । श’वलाई गाउँभन्दा ५ किलोमिटर पूर्व कमलाघा’टसम्म काँधमा बोकेर लगिएको थियो ।

मृ’तक यादवको पार्थिव शरीरलाई उनकै पत्नी ६२ वर्षीया रवियादेवी यादवले दा’गबत्ती दिएकी छन् । ‘मेरो कुनै छोरा थिएन, मैले आफ्ना सबै छोरीलाई नै छोरासरह मानेर पालनपोषण गरेकी थिएँ,’ दागबत्ती दिएकी रयिबा देवीले लोकान्तरसँग भनिन्, ‘त्यसैले छोरासरह नै मेरा सबै छोरीहरूले नै काँध दिनुपर्ने निर्णय गरेकी हुँ ।’

बुवालाई छोरासरह नै ‘कन्धा’ दिन पाउँदा छोरासरह हक पाएको जस्तो महसूस भएको मृ’तक यादवकी जेठी छोरी नेतुरदेवीले बताइन् । ‘समाजमा छोराले नै कन्धा दिनुपर्ने वा दागबत्ती दिनुपर्ने मान्यतालाई परिवर्तन गर्न पाएको महसूस गरेकी छु,’ उनले भनिन् ।

मृतक यादव नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत थिए । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आनन्दप्रसाद ढुंगाना पनि पुगेका थिए । उनले पार्टीको झण्डा ओढाएर उनलाई सम्मान गरेका थिए ।

‘समाजमा परिवर्तन जरुरी छ, छोराले मात्रै दागबत्ती वा कन्धा दिने परम्परा परिवर्तन हुनु पनि समाजमा परिवर्तनको राम्रो संकेत हो,’ ढुंगानाले परिवारका सदस्यलाई भनेर साहस बढाए । कांग्रेस नेता कार्यकर्ताले छोरीले ‘कन्धा’ दिने परिवारको प्रस्तावमा सहमति जनाएपछि गाउँलेले असहमति जनाएनन् । अजय अनुरागी/ लोकान्तर

Related Articles

Back to top button
Close