भिडियो

बच्चाहरु छोडेर आमा अर्कैसंग बिवाह गरेर हिंडेपछि, छोराछोरी आमा फर्कने प्रखाईमा कुर्दै (भिडियो हेर्नुहोस)

भारतको केरालामा अनुपाको साथमा फेलापरेका कुमार कार्की अहिले श्रीमती सावित्रासंग आफ्नो घर फर्केका छन् । दुई दुई लिएर कुमारसंग हिडेकी अनुपाले आफ्नो जिवन एक्लै विताउने निर्णय गरेकी छन् । यो घटनाले विश्राम लिँदै गर्दा फेरी भक्तपुरमा एउटा त्यस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ । सिन्धुली घर भई भक्तपुरमा ज्यामी काम गर्दै आएका लालबहादुर बमजनकी श्रीमती दुई साना बालबालिका छोढेर अर्कै केटासंग हिडे पछि बमजन मिडियामा आएका छन् । आफ्नो श्रीमती जोसंग गएकी छन् ति केटाले दुई छोराछोरी पनि लिएर जान्छु भनेर भनेका थिए । ४ वर्षकी छोरी र ८ वर्षका छोरालाई छोडेर उनी अर्कैसंग गएपछि ति बालबालिका रातभरी ममी कहिले आउनुहुन्छ ? भन्दै रुन्छन् ।

आमा र बुवाको माया फरक हुने रहेछ बमजन भन्छन् रातभरी छोराछोरी रुन्छन् ममी कहिले आउनुहुन्छ भनेर सोध्दा केही दिनमा फर्किन्छन् भनेर फकाउने गरेको छु उनले भने । उनले कान्छिमायासंग ८ वर्ष अघि विवाह गरेका थिए । अर्कैसंग पोइल गएकी श्रीमतीलाई खोज्दै बसेका उनले दुई दिन पछि फोनमा सम्पर्क भएको बताए । मोवाइलमा फोन गर्दा केटाले फोन उठाएको र तपाईको श्रीमतीले मेरो दिमाग खायो भनेर केटाले सुनाएको उनले बताए । लालबहादुर बमजन भक्तपुरमा ज्यामी काम गर्थे भने कान्छीमाया गलैचा उद्योगका काम गर्थिन । वैदेशिक रोजगारीमा गएका श्रीमानलाई छोडेर गएका उदाहरण त धेरै थिए तर श्रीमान साथमै रहंदा पनि अर्कै केटासंग सम्बन्ध स्थापित भएको श्रीमानले थाहै पाएनन् ।

अहिले श्रीमती हिडिसकेपछि भने उनले खोजि सुरु गरेका छन् । श्रीमती गइसकेपछि भने अरु छिमेकी र साथीहरुले श्रीमती फोनमा अरुसंग कुरा गरिरहने गरेको बताए । उनले श्रीमतीलाई फोनमा धेरै कुरा नगर्न र साना छोराछोरीको मुख हेरेर बस्न सम्झाउने गरेको बताए ।भिडियो हेर्नुहोस –

यो पनि समाचार
काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण कार्यक्रममा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि पाँच ठाउँमा ल्याव स्थापना गरी काम भइरहेको छ ।मखुवेशी, महादेवटार लेनडाँडाँ लगायत ५ स्थानमा ल्याव स्थापना गरी आयोजनाको निर्माण सामग्रको गुणस्तर परीक्षण भइरहेको सेनाले जनाएको छ । सोमबार विकास तथा प्रविधि समितिमा सेनाले दिएको जानकारी अनुसार द्रुतमार्गको कटिङ तर्फ ८७ दशमलव ७१ प्रतिशत काम सकिएको छ ।

त्यसैगरी फिलिङतर्फ २३ दशमलव ५३ प्रतिशत, रिङ फोर्स तर्फ १२ दशमलव २३, ग्याविङ वालतर्फ २६ दशमलव ३३ प्रतिशत, पाइप कल्भर्ट तर्फ ३८ दशमलव १४ र बक्स कल्भर्टतर्फ ३१ दशमलव ४२ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख सहायकरथी शरदलाल श्रेष्ठले बताए ।आयोजना निर्माणका क्रममा अहिलेसम्म १७ हजार ९४९ वटा रुखहरु कटान गरीएको छ । चालु आर्थिक वर्षमा ७६० रुख कटान गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म ६७७ वटा रुखहरु कटान गरिएको उनले बताए ।

तीन चरणमा गरी वृक्षारोपणको काम पनि सुरु गरिएको छ । एक रुख काटेवाफत २५ वटा बोट वृक्षारोपण गर्नुपर्ने प्रावधान अनुसार पहिलो चरणमा ५ हजार बोट रोपिएका छन ।दोस्रो चरणमा १ लाख १० हजार र तेसो चरणमा २ लाख १६ हजार रुखहरु रोपिनेछन् । रक्षा मन्त्रालयका सचिव रेश्मी राज पाण्डेले अहिले ५४ किलोमिटर सडकखण्डमा काम भइरहेको बताए ।

यो आर्थिक वर्षमा १५ अर्ब बजेट विनियोजन गरिएको र त्यसमध्ये ७ अर्ब बन्दा केही बढी रकम मात्रै खर्च गर्न सकिने अवस्था रहेको बताए । सांसदहरुले आयोजना तोकिएको समयमा पुरा हुन्छ हुँदैन भन्नेमा आशंका व्यक्त गरेका छन् । विभिन्न ठाउँमा देखिएका विवादका कारण आयोजनामा ढिलाई हुन सक्नेतर्फ सांसदहरुले सचेत गराएका थिए ।

Related Articles

Back to top button
Close