समाचार

प्रम ज्यू, प्रेम सञ्जेललाई अख्तियार प्रमुख बनाइयोस

तोयानाथ उपेक्षित : अतित धेरै पुरानो छैन, त्यस्तै तीन दशक मात्र अघिको कुरा हो । मेरो साईनो हालका प्रधानमन्त्रीसँग म आफु कनिष्ट पात्र हुँदाहुँदै पनि घनिष्ट थियो । पहिलो पटकको संसदीय चुनावताका उहाँलाई साईकलको केरियरमा बोकेर हिलाम्मे र धुलाम्मे गोरेटाहरुमा हिडेको याद अझै ताजै छ । गाउँका साना तिना चुनावी सभाहरुमा उहाँलाई प्रमुख अथिती बनाएर माईक्रोफोन दिने मेरो त्यो हैसियत आज छैन तर ती दिनको संझना भने आलै छ ।

उहाँको अनुपस्थितीमा पनि विरोधीहरुले लगाईएका आरोप चिर्न रेडिमेड अन्तर्वार्ता छाप्ने सम्मको काम पनि धेरै पटक गरियो । शायदै उहाँलाई यी सव कुरा थाहा नहुन सक्छ तर यी बक पत्रहरु झु’ठा होईनन । हो म पार्टी पत्रकारको गतिलो नमुना थिए । कसैले कतै शंका नगर्ने गरी नेताको भाषामा समाचार र अन्तवार्ता बनाउन मलाई गार्हो हुदैनथ्यो । त्यसबेला भरखर मात्र प्रोफेसनालिजम अभ्यासको शुरुवात हुदैथ्यो ।

सवैजसो पत्रकारहरु मि’सनमा आधारित पत्रकारिता नै गर्दथे । हुन त अहिले पनि मिसन पत्रकारिता नै हुने गरेको छ मात्र फरक यति हो त्यसवेला हाक्का हाक्की हुन्थ्यो अहिले पाटीसँगको आवद्धता लुकाएर गर्ने चलन बढेको छ । नेताहरुसँगको नियमित उठबसले यति आत्माविश्वास बढेको थियो की कुन नेताले के बोल्छन भन्ने कुरा पहिले नै थाहा हुन्थ्यो । कुन प्रश्नको के उत्तर आउँछ त्यो कुरा जान्न नेता नबोले पनि हुन्थ्यो ।

तर त्यसरी नेता भेटदै नभेटी बनाएको अन्तरवार्ताको स्क्रिप्टलाई छाप्न अगाडी पार्टी सचिवलाई देखाउन भने पर्दथ्यो । छापिएको अन्तर वार्ताको पूर्व जानकारी पार्टी जिल्ला सचिव लाई हुने भएकाले त्यो असली अन्र्तवार्ता कै रुपमा बुझदथे, पढदथे । पार्टीका स्थानीय कमिटीहरुले विटो बाधेर गाउँमा पत्रिका लाने गर्थे । यो एक प्रकारको एल्लो जोर्नालिजम नै थियो । मिसन पत्रकारिता मा बास्तवमा त्यही परिभाषा भित्र पर्दछ ।

म मिसन पत्रकार भनेर चिनिएको थिए । पत्रकारिता गर्ने क्रममा झापामा प्रेस चौतारीको अध्यक्ष पनि भए त्यो मिसनले नै त्यहाँ पुरयाएको हो । तत्कालिन माले र पछि एमाले को केन्द्रिय प्रचार विभागले निकाल्ने मुख पत्र नब युगको मेची अञ्चल प्रतिनिधी पनि थिए । मेरो सम्पादक तत्काल प्रदिप नेपाल र पछि कुन्दन अर्याल हुनुहुन्थ्यो । मलाई अहिलेको भाषामा शायद मानिसहरुले झोले पत्रकार भन्थे होला ।

तर त्यो शव्द प्रयोगमा आउन भन्दा पहिले नै मैले बैदेशिक रोजगारका लागि बाटो तताए । प्रवास लाग्न पूर्व मैले गोरखा पत्रमा करिब एक बर्ष झापा रिपोर्टर भएर काम गर्ने मौका पनि पाए । तत्काल संञ्चारमन्त्री झलनाथ खनालका पालामा लिखित- मौखिक परिक्षा दिएर करारमा नियुक्त भए पनि त्यो अवसर एक साल पनि टिकेन । सरकार परिवर्तन सँगै महन्त ठाकुर संञ्चारमन्त्री हुनु भयो त्यसपछि हामी फालियौ ।

म सँगै कमसेकम १२ जिल्लाका रिपोर्टर एकै पटक सरकार परिवर्तनको शिकार भएका थियौ। लिखित पास भए पनि मौखिकका लागि सोर्स चाहियो भन्दै मंगल बजारको सानो गल्ली छिरेर हालका प्रम केपी शर्मा ओली बस्ने मंगल बजारको घरमा पुगेको थिए। प्रम ओली अहिले बालकोटमा बस्नु हुन्छरे त्यो घर पनि एक पटक हेर्ने धोको छ । तर यो जीवनमा भेट्न शायदै जुर्ला नजुर्ला ।

त्यो अतित जति सत्य भए पनि अहिले कसैले पत्याउने अवस्थामा छैन। उहाँले प्रतिक्षालयमा बसेका मानिसहरुलाई समय दिन नभ्याएकोमा माफी माग्दै निजी सचिवको जिम्मा हामीलाई लगाएर हिडनु भयो कुरा ५२ साल तिरको हुन पर्दछ तर मैले उहाँलाई पछ्याउदै गए । उहाँका अघिपछि अरु धेरै मानिसहरु थिए । जब उहाँ कार भित्र पसेर ढोका लगाउन थाल्नुभयो मैले त्यो ढोका लाई च्याप्पै समाते र कुरा सुनाए ।

उहाँले मेरो कुरा सुनेपछि भन्नु भयो मैले कसलाई भन्न परो । मैले भने कमरेड जेएनलाई । लामो समयको प्रवास बसाईले मेरो त्यो पहिचान गुम्यो । म सवैबाट स्वतन्त्र रहन पुगे । राजनितीसँगको मेरो सालनाल सवै चुडियो । श्री सगरमाथा, नेपाली पत्र, दृष्टि, बुध वार, छलफल लगायत एक दर्जन बढी केन्द्रका साप्ताहिकमा समाचार पठाईन्थ्यो । केन्द्रका साप्ताहिक पत्रिकाको शुरुवाती पत्रिका भने जनादेश थियो मेरो ।

अर्कै पार्टी निकट भएकाले मलाई जनादेशबाट छोडाईएको थियो । स्थानिय स्तरमा दमकबाट मन्थन साप्ताहिक र नौलो सृष्टि पत्रिका स्वागत नेपाल र म मिलेर प्रकाशन एवं सम्पादन गर्ने गर्दथ्यौ । पछि स्वागतसँगको मेरो सम्बन्ध विछडियो म विर्तामोड लागे र त्यहाँ बाट स्थानिय पत्रिका प्रकाशन पनि गरिरहे। त्यो बहुदल पछिको पहिलो संसदीय चुनावमा तत्कालिन झापा क्षेत्र नं ६ बाट कमरेड केपी शर्मा ओलीले जिते पछि उहाँ विजय जुलुस लिएर टिका थाप्न मतदाता सामु गाउँमा आउनु भएको एउटा सानो प्रसंग पनि जोडौ।

मेरो घरको आँगनमा बाँसले बुनेको मुढा माथि बसेर कमरेड केपी ओलीले पानी पिउनु भयो । घर खाली थियो मैले अघि बढ्न संकेत गरे उहाँसँग अघिल्लो दिनबाट सँगै भएको ले मैले आफ्नो गाउँका मतदाता लिएर जानु थियो तर उहाँ हिडन मान्नु भएन । उहाँले मेरो बुबा खोज्नु थाल्नु भयो । जो अहिले ८७ बर्षमा हिडदै हुनुहुन्छ । खेतको पल्लो छेउमा काम गरिरहनु भएको मेरो बुवा आउन्जेल पर्खेर अविर टिका लगाएपछि मात्र हिड्नु भयो ।

यस्तो नेतासँगको मेरो सामिप्यता देखेर मलाई कसैले पनि भन्दैनथे बेरोजगार बन्ला र विदेश जाला। मेरो आमाले धेरै पटक मेरो बरालसिंह पारा देखेर भन्नुहुन्थ्यो खड्ग ओली सँग कुदेर के पाईस? गएर जागिर मागेर खान सक्दैनस। नेताहरु ले अरुण तेश्रोमा मलाई पनि मौका दिने भन्दै धेरै अवसरहरुको मेरो दावी खारेज गरेका थिए तर पछि अरुण तेश्रो पनि खारेज भएपछि अन्तिम आशा पनि मर्न गयो ।

यी थोत्रा कहानी र गन्थनको मतलब यति नै हो की प्रम ओली अहिले देशका प्रधानमन्त्री हुनुहुन्छ । मैले सम्झेका पुराना यी कुराहरुको लम्बेतान विषयहरुले तपाई पाठक हरुलाई तान्छ र यहि मौका छोपेर मैले एउटा प्रस्ताव सुनाउन खोजेको पनि हो । आज उहाँ प्रम हुनुहुन्छ भनेर मैले अतित सुनाएर केही माग्न चाहेको पटक्कै होईन । माग्नु पनि केही छैन । उहाँले जे गर्न सक्नुहुन्छ मुलुकको हितमा धेरै काम गर्नु पर्छ कार्यकर्ताका कुरा त सुनेर उडाई दिए पनि हुन्छ ।

मैले उहाँसँग आफ्ना बच्चाका लागि जागिर दिनुस भन्ने बेला भएको छ तर तिनका लागि म कुनै नेतासँग केही माग्ने वाला छैन । यसैले उनीहरुलाई राजनितीको ग’न्धबाट टाढै राखेर हुर्काएको छु । त्यसो गर्न मेरो स्भावले पनि दिदैन । तीनका लागि मै काफी छु । अरबमा मैले बगाएका पसिना स्वभिमानका का लागि आधार बनेको छ ।

यो लेखको गुदी कुरा यति हो की मैले चाहेको र मेरो हृदयले भनेको कुरा यदि प्रम केपी शर्मा ओलीलाई सुनाउन पाउने भए भनिदिन्थे। देशमा व्याप्त भ्रष्टाचार छ यसलाई निर्मुल पार्ने होभने पुर्खाको कसम खाएर जागिर खाएका प्रेम सञ्जेल जस्ता मानिसलाई मौका दिनुस । योग्यता भएकै मानिस हुन, जीवनका ४० बसन्तमा चाराना घुस नखाएको मान्छे संसारमा विरलै पाईन्छन जो नेपालमा छन । उनलाई अख्तियार प्रमुख बनाएर त हेर्नुस ।

त’स्कर र भ्र’ष्टहरुको विगविगी छ । तपाईको कार्यकालको दुई बर्ष पनि वितिसक्यो । भ्र’ष्टहरुलाई मास्न यो गतिले सम्भव छैन । यदि तपाई साँच्चै भ्र’ष्ट वि’रोधी हो भने सञ्जेललाई पाखा राख्ने होइन बरू उचित एक मौका दिनुहोला । प्रम ज्यु कसैले तपाई सम्म यो कुरा पुर्याई दिउन भन्ने मेरो अपेक्षा छ । तपाईसँग हाम्रा कुरा सुन्ने र बुझ्ने मौका हुदैन तर पनि यति लेखेर मैले भने आ’त्मारती गरे ।

एउटा समयको कनिष्ट पात्रको कुरा तपाईको कानमा पुगेछ भने मेरो स’दिच्छा पुरा भएको हुनेछ चाहे बेवास्ता नै किन नगर्नुस । एक पटक प्रेम सञ्जेल भ्रष्टाचार नियन्त्रण गर्ने शाक्ति शाली पदमा पुगेको हेर्ने यो मनको कुरा राखे । तर वि’डम्बना अहिले त उनको भएको अधिकार समेत कटौती गरेर अन्याय मात्र गरिएको छैन प्रमकै संकल्पको धज्जी उडाईएको छ यस्तो कसले गरयौ यहाँलाई उनको बारेमा केही जानकारी छ ?

भ्र’ष्टहरु ठेगान लगाउने नै हो भने कहिलेकही सनातनी शासन शैली र पद्दतीमा छ’लांग लगाउनु पर्दछ प्रम ज्यू । यदि त्यसो गर्ने हो भने पक्कै पनि देशमा केही न केही फरक अवस्था आउनेछ। यति बज्र र प्रतिवद्ध भ्र’ष्ट वि’रोधी मानिस देशमा शायदै होलान । उहाँको स्वभाव र शैलीमा केही असहमती होलान तर तर प्रेम सञ्जेल गलत छैनन । उहाँसँग किन र कसको पूर्वाग्रहले काम गरिरहेको छ ?

भ्र’ष्टहरुलाई ठिक पार्न यस्तै मानिस चाहिन्छ । विचार गर्न होला । त्यसो भए हेर्नुस लाखौ नेपालीले तपाईको जय जयकार गर्नेछन । फिलिपिन्सका कार्यकारी राष्ट्रपतिले ड्र’ग्सका का’रोबारी हरुलाई जहाजबाट ख’सालेर मा’रेका थिए अहिले भ्र’ष्टचारीहरुलाई हे’लि केप्टरबाट ख’साल्छु भन्दैछन । त्यसै गर्नुस त भन्दिन तर एउटा मार्दा सयौको रक्षा हुन्छ भने त्यो पनि ध’र्म हो, पा’प होईन यति कुरा तपाईका अगाडी क’निष्टले गर्यो। जसरी तपाईले अर्थ विज्ञलाई टिपेर अर्थ मन्त्रालय दिनु भयो। त्यसरी नै प्रेम सञ्जेललाई अख्ति यारमा लगियोस । देशको कल्याणमा सहयोग नै होला । यो लेख तितोपाटि डटकमवाट साभार गरिको हो ।

Related Articles

Back to top button
Close