समाचार

अस्ट्रेलियामा युवा फुटबलर अमित सोनार र रमिला मर्हजनको निधन

सिड्नीको समुन्द्री तटमा एक नेपाली युवक मृ त फेला परेका छन्। नेपाली समुदायमा परिचित युवा फुटबलर अमित सोनार समुन्दी तटमा मृ त भेटिएका हुन्।

३२ वर्षीय सोनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलवार दिउसो फेला परेको प्रहरीले जनाएको छ। सोनार आइतबारदेखि नै सम्पर्क विहीन भएपछि उनकी श्रीमतीले प्रहरीमा जानकारी गराएकी थिइन्। प्रहरीले मोवाइल लोकेसनको आधारमा ती युवकको शव पत्ता लगाएको हो। उनको निधनको कारण भने खुल्न सकेको छैन।

उनी सन् २००७ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए। पिआर लिन सजिलो होस् भनेर गत वर्ष उनले श्रीमतीलाई पढ्नका लागि तास्मानिया पठाएका थिए। सोनार पनि तास्मानिया जाने तरखरमा रहेको एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिए। सोनार सिड्नीको ग्रानभिल फ्रेण्ड्स र जेन्टजर्ज क्लबबाट फुटबल खेल्ने गर्दथे।

त्यस्तै नेपालकी एक चेलीको अस्ट्रेलियामा निधन भएको छ। ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको निधन भएको हो।

दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो। त्यसको उपचारका क्रममा उनको निधन भएको बताइएको छ।

श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँको अनन्त इंगलिस स्कुलबाट एसएलसी गरेकी रमिला बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन्।

Related Articles

Back to top button
Close