समाचार

सवारी दुर्घटनामा परि नेपाली सेनाका मेजरको निधन

काठमाडौं, ७ फागुन । सवारी दुर्घटनामा गम्भिर घाइेत भएका नेपाली सेनाका मेजरको निधन भएको छ । गएको बुधबार भएको नेपाली सेनाको ट्रक दुर्घटनामा परि गम्भीर घाईते भएका मेजर ३५ बर्षीय ईश्वर सिलवालको निधन भएको हो ।सल्यानको सिमखर्कवाट दाङकोलागि छुटेको लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दुर्घटना हुँदा सवुज गणमा कार्यरत नेपाली सेनाका मेजर ईश्वर सिलवालको निधन भएको हो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ स्थित छाउनी हस्पिटल ल्याइएको थियो । वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाले जनाएको हो ।

दुर्घटनामा सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाही बिशाल गुरुङ, रेशम लित मगर, विपिन श्रेष्ठको उपचार भईरहेका छ । सल्यानको रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउसो दुर्घटना भएको थियो । उक्त गाडी दुर्घटना हुँदा जवान २९ वर्षीय यादवराज ढरेलको घटनास्थलमै निधन भएको थियो ।

Related Articles

Back to top button
Close