समाचार

कुवेतमा फेरि एक नेपालीको मृत्यु

कुवेत । रोजगारीका लागि कुवेत आएका एक नेपालीको निधन भएको छ । रसुवाका धनकृष्ण तामाङको मंगलबार बेलुका अकस्मात् ज्यान गएको हो ।करिव ४ वर्षअघि यहाँ आएका उनी इनास्को कम्पनीमा कार्यरत थिए । उनको मंगलबार बेलुका ८।१२ बजे आफू बस्ने ठाउँ मावुल्ला इसारा अचानक मृत्यु भएको कोठामा सँगै बस्ने साथी अभिशेक सिलवालले जानकारी दिएका छन । ‘हिजो बेलुका ८ बजे र १२ मिनेट जाँदा अचानक मृत्यु भएको हो । हाँसेर बोलिरहनु भएको थियो । बोल्दा बोल्दै ढल्नु भएको हो ।’ उनले भने ।

उनको मृत्युको आधिकारिक कारण नखुले पनि हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे कुवेतस्थित नेपाली राजदूतावासले जानकारी पाइसकेको जनाएको छ ।अघिल्लो हप्तामात्रै कुवेतमा ६ जना नेपाली युवाले ज्यान गुमाएका थिए । चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू निर्माणस्थलमा दुर्घटनामा परेका थिए । दुर्घटनामा सिराहाका गंगाराम चौधरी, पाल्पाका एकबहादुर गाहा,, ताप्लेजुङका बसन्त गुरुङ, दाङका श्यामनारायण चौधरी, रोल्पाका राजु रोकामगर र नवलपरासीका पूर्णबहादुर सुनसरी मगरको ज्यान गएको थियो ।

Related Articles

Back to top button
Close