समाचार

खुशीको खबर ,चीनबाट उद्धार गरी नेपाल ल्याइएका कसैलाई पनि कोरोना संक्रमण देखिएन

काठमाडौं ।चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ ।नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलबार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पाइएको छ ।उनीहरूको ‘थ्रोट स्वाव’ र ‘नेजल स्वाव’ गरिएको थियो । क्वारेन्टाइनमा १ सय ३५ पुरुष र ४० महिला छन् ।

यद्यपि, रिपोर्टको सबै नतिजा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले आइतबार नमुना संकलन गरेको थियो ।प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार संकलन गरिएको रिपोर्टको सबैको नतिजा आज बुधबार सार्वजनिक गरिँदै छ । उनले भनिन्, तथ्यांकगत रूपमा भन्न मिल्दैन । आज (बुधबार) सार्वजनिक हुन्छ ।’स्रोतका अनुसार संकलन गरिएको नतिजामा परीक्षण गरिएका ७० प्रतिशत बढीको नतिजा नेगेटिभ आएको देखिन्छ ।

सबै परीक्षणको नतिजा आइसकेपछि पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने तयारी छ ।नमुना संकलनका लागि सरुवा रोग विशेषज्ञ, कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. शाहसहितको टोली पुगेको थियो । टिममा भाइरोलोजिस्ट डा. विमलेश झा, कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाद शाह, सुनी डंगोल, माइक्रोबायोलोजिस्ट स्विटी उपाध्याय, मेडिकल ल्याब टेक्निसियन स्मृति श्रेष्ठ खटिएका थिए ।यस्तै, ल्याब टेक्निसियन अविना ओझा, विनिता महर्जन, अर्जुन चौधरीसमेत खटिएका थिए ।

टिमको समन्वय गर्ने जिम्मा प्रयोगशालाका निर्देशक डा. रुना झाले गरेकी थिइन् ।यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलबार चीनको उहानबाट उद्धार गरी ल्याएका नेपाली विद्यार्थी राखिएको खरिपाटीस्थित क्वारेन्टाइनको अवलोकन गरेका छन् । उनीहरूले त्यहाँ खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइ गर्ने कर्मचारीको काम र स्थिति अवलोकन गरेका थिए । मन्त्री ढकालले कन्ट्रोल रुमबाट क्वारेन्टाइनमा रहेका विद्यार्थीको व्यवस्थापनमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाए ।राजधानीबाट

Related Articles

Back to top button
Close