समाचार

सबैको मनमा बस्न सफल चर्चित अभिनेत्रीको निधन

काठमाडौं । सबैको मनमा बस्न सफल चर्चित अभिनेत्रीको निधन भएको छ । बलिउड तथा दक्षिण भारतीय (टलिउड) सिनेमाकी दिग्गज अभिनेत्री किशोरी बलालको निधन भएको हो । उनी शाहरुख खानको फिल्म स्वदेशमा कावेरी आमाको भूमिकाका लागि चिनिएकी थिइन् । लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएको बलालको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनले धेरै चर्चित चलचित्रहरुमा अभिनय गरेकी छिन् । निर्देशक आशुतोष गोवारिकरले यसको जानकारी ट्विटरमा दिएका छन् । किशोरीले सन् १९६० मा बलिउडमा आफ्नो पाइला चालेकी थिइन् । पछिल्लो पुस्ताले उनलाई त्यती राम्रोसँग याद गर्न भने सकिरहेको थिएन् ।

Related Articles

Back to top button
Close