मनोरंजन

‘मेरो दोस्रो विवाहलाई समाजले कसरी हेर्ला’ भन्दै श्वेताले गरेको प्रश्नमा करिश्माले दिइन् यस्तो मनछुने जवाफ

काठमाडौं । आज प्रेमी विजयेन्द्र रावतसँग गोकर्ण रिसोर्टमा लगनगाँठो कसेकी नायिका श्वेता खड्काले विबाह गर्नुपूर्व दोस्रो विबाह गर्दा आँफुलाई समाजले कसरी हेर्ला भन्ने प्रश्न गरिन् । उक्त प्रश्नमा कैयाँले आ आफ्नो प्रतिक्रिया दिएका छन् ।यसैबिच नायिका करिश्मा मानन्धरले विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्कालाई वैवाहिक जीवनको शुभकामना दिँदै भनिन् ‘आएको हरेक परिस्थितिको सामना गर्दै, साथै समाजका मूल्य९मान्यतालाई कायम राख्दै र मान्दै जीवनलाई हिम्मतका साथ जिउन ठूलो आँट चाहिन्छ, यस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैतालामुनि कुल्चिनु पर्ने स्थिति पनि आउँछ,’ उनले लेखेकी छिन् ।

‘पुरुषप्रधान मानसिकता रहेको हाम्रो यो समाजमा, ठूला ठूला आवाजमा कस्तो प्रकारको महिला सशक्तीकरणका कुरा गरिरहेका छौं हामी रु,’ हरेक मानिसको खुसी भएर बाँच्न पाउने अधिकार रहेको बताउँदै मानन्धर अगाडि सोध्छिन्, ‘जो विचरी अवस्थामा छिन् र अरुको सहयोगको अपेक्षा गरेर आँखा तानेर बसेकी छिन् १ या जो हिम्मतका साथ ती सबै समस्याहरुसँग जुधेर आफुलाई भित्रैबाट सशक्तीकरण गरेर आफ्नो लागि नयाँ बाटोको निर्माण गर्दै छिन्, र यो पनि समाजको अगाडि प्रस्तुत भएर गर्दैछिन् ।’

श्वेताको विवाह एउटा उदाहरणीय सुरुवात भएको करिष्माको ठहर छ । ‘जीवनमा परेका भवितव्यले लथालिङ्ग हुने होइन कि त्यसबाट सिकेर बलियो भएर अगाडिको बाटो बनाउने हो ।समाजमा जनजागरण कहिलेकाही आफैं उदाहरण बनेर पनि दिनुपर्छ,’ उनले भनेकी छिन् ।

‘तिम्रो हिजोको स्टाट्स लेखाइमा भयेको तिम्रा भाव बुझे जस्तो लागेर यी शब्दहरु लेख्दैछु,’ करिष्माले शुभकामना दिँदै लेखेकी छिन्, ‘नवीन वैवाहिक जीवनको शुभकामना श्वेता । तिमी वास्तविक जीवनको नायिका हौ ।’

करिश्माको स्टाटस जस्ताको तस्तै स् आएको हरेक परिस्थितिको सामना गर्दै ,साथै समाजका मुल्यमान्यतालाइ कायम राख्दै र मान्दै जिवनलाइ हिम्मतका साथ जिउन ठुलो आट चाहिन्छ , येस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैताला मुनि कुल्चिनु पर्ने स्थिति पनि आउँछ ।
हरेक मानिसको खुसी भएर बाच्न पाउने अधिकार छ ।

पुरुषप्रधान मानसिकता रहेको हाम्रो यो समाजमा , ठुला ठुला आवाजमा कस्तो प्रकारको महिला सशक्तीकरण कुरा गरिरहेकार्छौ हामी रु
जो बिचरि अवस्थामा छिन र अरुको सहयोगको अपेक्षा गरेर आँखा तानेर बसेकी छिन ११या जो हिम्मतका साथ ती सबै समस्याहरुसंग जुधेर आफुलाइ भित्रैबाट सशक्तीकरण गरेर आफ्नो लागि नयाँ बाटोको निर्माण गर्दै छिन, र यो पनि समाजको अगाडि प्रस्तुत भयेर गर्दैछिन ।

यो एउटा उदाहरणीय सुरुवात हो ।जिवनमा परेका भवितव्यं ले लथालिङ्ग हुने होइन कि त्यसबाट सिकेर बलियो भएर अगाडिको बाटो बनाउने हो ।
समाजमा जनजागरण कहिलेकाही आफै उदाहरण बनेर पनि दिनुपर्छ ।तिम्रो हिजोको स्टाट्स लेखाइमा भयेको तिम्रा भाव बुझे जस्तो लागेर यी शब्दहरु लेख्दैछु। नवीन वैवाहिक जिवनको शुभकामना स्वेता ❤️ तिमी वास्तविक जीवनको नाइका हौ । 💐

श्वेतनाले आज धनगडीका युवक विजयेन्द्रसँग काठमाडौँबाट विबाह गरेकी छिन् । उनको विबाहमा कोरोनाका कारण सिमित पाहुनाहरुलाई मात्रै निमन्त्रण गरिएको बताइएको छ ।

Related Articles

Back to top button
Close