समाचार

नेपालमा पनि अब हफ्तामा २ दिन सार्वजनिक बिदा दिने नियम बन्दै, विज्ञ र उधोगीहरुको समितिले पनि गर्यो सरकारलाई सिफारिस

काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।

उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।

हप्तामा दुई दिन बिदा दिने प्रयोग अन्तर्राष्ट्रिय बजारमा समेत निकै सफल र व्यवहारिक देखिएको भन्दै समितिले सोही अनुसार नेपालले पनि गर्ने प्रयोग सक्ने जनाएको छ ।
हाल विश्वका ८८ भन्दा बढि मुलुकहरुमा हप्ताको दुई दिन बिदा दिने प्रचलन रहेकोमा नेपालले पनि सोही प्रयोग गर्न सके, आन्तरिक पर्यटन प्रवद्र्धनका साथै सार्वजनिक खर्चमा कतौती, इन्धन खपतमा कटौती, उत्पादकत्व वृद्धिल गायतका धेरै क्षेत्रमा फाइदा पुग्ने अध्ययन समितिले बताएको छ । जसले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत सकारात्मक प्रभाव पार्ने अध्ययनका क्रममा देखिएको समितिले बताएको छ ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

यसका लागि सरकारी कर्मचारीहरुलाई मात्र नभएर निजी क्षेत्रका कर्मचारीहरुलाई समेत सातामा दुई दिन सार्वजनिक बिदा दिन उपयुक्त हुने भन्दै अध्ययन समितिले निजी क्षेत्रलाई समेत प्रत्साहन गर्न सिफारिस गरेको छ । हाल नेपालमा हप्ताको एकदिन शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ ।

नेपाली समाज र परिवारमा आएको संरचनात्मक परिवर्तनसँगै संयुक्र परिवारबाट क्रमशः समाज एकात्मक परिवारमा अगाडि बढेको छ । अर्कोतर्फ महिलाहरुसमेत रोजगारी र व्यवसायमा आवद्ध भएका छन् ।

यसले व्यवसायिक र व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन नसकेको अवस्था बढ्दो क्रममा रहेको समेत समितिले उल्लेख गरेको छ । बालबच्चाको रेखदेख, स्याहारसुसारमा समेत पर्याप्त समय दिन नपाएको अवस्थालाई सम्बोधन गर्नुपर्ने समितिले उल्लेख गरेको छ ।

सेवाग्राहीका लागि घरपायक स्थानमै सरकारी कार्यालय पुगेका कारण अब दई दिन बिदा दिँदा उपयुक्त हुने निष्कर्षमा समिति पुगेको छ । सातामा ६ दिन घरबाट कार्यालय आउनु पर्ने, ६ पटक घर र्फकनुपर्ने समयलाई उत्पादकत्वसँग दाँजेर यसले खर्च कटौती, सडकमा हुने ट्राफिक चापसमेतलाई आधार बनाई बिदाको सिफारिस गरिएको छ ।

समितिले विगतमा प्रकाशित कागज तथा दस्तावेजको अध्ययन, पर्यटन सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सरकारी खर्च सम्बन्धमा दुई दिने बिदाले पार्ने प्रभावबारे सरोकारवालासँग समेत छलफल गरेको थियो । विज्ञहरुको राय, उद्योगी, ट्रेड यूनियनसँगको छलफलका निष्कर्षलाई समेत अध्ययनको विधिमा राखिएको समितिले जनाएको छ ।

६ दिनको अवधिमा सातामा ४० घण्टा काम गर्नुपर्ने अहिलेको प्रधावानभन्दा ५ दिनको काम गरेर सातामा ४० घण्टा कार्यअवधि पुरा गर्दा कम खर्चिलो हुने तर्कसमेत समितिको रहेको छ । यो बाँकी रहेको समय व्यक्तिले परिवार, मनोरन्जन, घुमफिरमा बिताउँदा अर्थतन्त्रका अन्य समेत चलायमान हुने आंकक्षा गरिएको छ ।

Related Articles

Back to top button