भिडियो

नेपाली युवा अमेरिकी आईडलमा धमाका मच्चाउदै,अबको ‘रकस्टार’ भन्दै जजले गरे तारिफ (भिडियो हेर्नुस्)

काठमाडौं । नेपाली कलाकारहरुले विश्वका थुप्रै मुलकमा आफ्नो प्रतिभा देखाएका छन् । कतिपयले आफुलाई प्रमाणीत पनि गरेका छन् । तेरीया मगरले भारतमा पाएको सफलतालाई लिन सकिन्छ । त्यस्तै भारतमा अन्य नेपाली कलाकारले पनि आफुलाई प्रमाणीत गरेका छन् । चीन र अन्य छिमेकी मुलुकमा पनि नेपालीले आफुलाई प्रमाणीत गरेका छन् ।

तर सबैभन्दा ठूलो भूभाग र ब्यस्त रहेको अमेरिकामा पनि एक नेपाली ठिटो आफुलाई प्रमाणीत गर्ने प्रयत्नमा छन् । नेपाली गायक दिवेश पोखरेल अमेरिकी रियालिटि शो मा राम्रो प्रस्तुती दिएका छन् । नेपालमा अहिले कमेडि च्याम्पियन र नेपाल आइडलले थुप्रै कलाकार जन्माउँदै छ ।

उनीहरु अहिले प्रख्यात हुँदैछन् । तर पोखरेलले भने अमेरिका आइडलमा दिएको आफ्नो प्रस्तुतीवाट विश्वसामु परिचित भएका छन् । उनले विश्व सामु नेपालको नाम उचो पारेका छन् ।

उनी टप २० मा पुगेका छन् । अमेरिकी आइडल सिजन १८ मा प्रवेश गरेका हुन् । उनको प्रस्तुतीले जजहरु पनि निकै खुसी भएका छन् । २० वर्षीय पोखरेल ६ वर्ष देखि अमेरिकामा छन् । उनले नेपालमै रहँदा पनि थुप्रै सांगेतिक कार्यक्रमहरुमा सहभागी भएर नेपालीको मन जितिसकेका थिए ।

काठमाडौंका उनी नेपालमा थुप्रै चर्चित गित छोडेर गएका थिए । नायनल रिचि उठेर उनलाई माया गरेका थिए । अर्का जजले उनलाई यु आर रक स्टार भन्दै प्रशंसा गरेकी थिइन् । दिवसले आफुलाई हौसला दिन सबै नेपालीलाई पनि आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close