Thursday, February 27

“एमसीसीले सिंगो मुलुकलाई घा’टा गर्छ ,चीनबाट रेल आउन नदिन अमेरिकाले एमसीसी अघि सार्‍यो !

January 22, 2020 138

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले चीनको रेल आउन नदिन अमेरिकाले मिलेनियम च्या’लेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना अघि सारेको बताएका छन् ।पुष्पलाल मित्रता केन्द्रले सि चिनफिङका संकललित रचना भाग–१ र २ विमोचन कार्यक्रममा बुधबार बोल्दै उनले चीनले अघि सारेको बीआरआई योजना वि’फल तुल्याउन एमसीसी परियोजना अघि बढाइएको जिकिर गरे ।“चीनले सन् २०१३ बाट सुरु गरेको बीआरआई योजनालाई वि’फल तु’ल्यााउन अमेरिकाले इन्डो–प्यासिफिक स्ट्रा’टेजी सुरु गरेको हो ।

एमसीसी अहिले त्यसैको अङ्गका रूपमा अघि बढाइएको छ,” उनको तर्क थियो ।उनले पूर्व–पश्चम राजमार्ग केन्द्रित गरेर विद्युत् प्रशारण लाइन निर्माण गरिएको र मुजफ्फपुर–ढल्केबर प्रशारण लाइन बनिरहेको सन्दर्भ कोट्याउँदै अहिले एमसीसी परियोजनामार्फत् बन्न लागेको ४०० केभी प्रशारणलाइनको औ’चित्य नरहेको बताए । “काठमाडौंको लफ्सेफेदीदेखि नुवाकोटको रातामाटे, रातामाटेबाट हेटौंडा र हेटौंडाबाट तनहुँ, पाल्पा हुँदै बुटवल किन प्रशारण लाइन बनाउन खोजिँदैछ ? एमसीसी परियोजनाको र’हस्य यहीँभित्र छ ।किनकि, यहाँ चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला भएको स’हमति अनुसार यसैको वरिवरि भएर रेल मार्ग बन्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ ।

चीनबाट आउने रेल रो’क्नकै लागि यो परियोजन अघि बढाइँदैछ । लफ्सेफेदी–बुटवल प्रशारण लाइनको औ’चित्य पुष्टि कुनै हालतमा हुन सक्दैन ।”उनले एमसीसीको ब’हानामा अमेरिकी सेना नेपाल भित्रने बाटो खुल्नेतर्फ औं’ल्याए ।उनले केहीदिन अघि राजदूत र्‍या’न्डी बेरीले एमसीसी परियोजनाबारे दस स’त्य भन्दै प्रकाश पार्न खोजे पनि अमेरिकी सहायक विदेश मन्त्री ए’लिस वेल्सले भनेको कुरा ख’ण्डन नभएको बताए । एल्सले भियतनाम भ्रमणका बेला नेपाललाई प्रदान गर्न लागिएको ५५ अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान इ’न्डो–प्यासिफिक परियोजना अन्तर्गत नै भएको प्र’ष्ट्याएका थिए ।

इन्डो–प्यासिफिक सै’न्य ग’ठबन्धनको उद्देश्यअन्तर्गत नै भएको पोखरेल दा’बी गर्छन् ।अमेरिकी स्टे’ट डिपार्टमेन्टका दक्षिण एसियाका लागि निमित्त रक्षामन्त्री डेभिड जेराञ्जले पनि नेपाल भ्रमणका बेला एमसीसी नेपालको ऊर्जा क्षेत्रको विकासका मात्र नभई क्षेत्रीय सम्पर्क अभिवृद्धिका लागि भएको बताएका थिए । क्षेत्रीय सम्पर्क इन्डो–प्यासिफिक रणनीतिकै हि’स्सा भएको पोखरेलको दा’बी छ ।उनले एमसीसी परियोजनाले अहिलेसम्म डीपीआर (विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक नगरेको बताउँदै नेपालले माग्नुपर्ने बताए ।“डीपीआर नै सार्वजनिक नगरी परियोजना अघि बढ्ने भन्ने पनि हुन्छ र ? डीपीआर सार्वजनिक नगरिएकाले यसले झन् सं’शय बढाएको छ,” उनले भने ।

उनले एमसीसी परियोजना संसदबाट पा’रित गरेपछिमात्रै लागु हुने तर संशोधनचाहिँ एमसीए (मिलेनियम च्या’लेञ्ज ए’काउन्टले नै गर्न सक्ने, स’न्धि ऐ’नअनुसार स’म्झौतासँग बा’झिएका नेपालको का’नुन नि’ष्कृय हुने, अमेरिकाले चाहेको बेला स’म्झौता र’द्द गर्न सक्ने, नेपालले पनि स’म्झौता र’द्द गर्न सक्ने तर ह’र्जानासहित सम्पूर्ण रकम तिर्नुपर्ने प्रा’वधान भएकाले एमसीसी परियोजना अघि ब’ढाउन नहुने तर्क अघि सारे ।“एमसीसी परियोजनाले सिंगो मुलुकलाई घाटा गर्छ । म विश्वास गर्छु मेरा पार्टीका नेताहरूले मुलुकलाई घा’टा हुने काम गर्नुहुनेछैन,” उनले भने ।’

Loading...

प्रतिकृया दिनुहोस्