समाचार

गायिकाले माइतीमा गरिन् आ’त्मह’त्या, लेखिन यस्तो सु’साइड नोट

फागुन ६, काठमाडौं । कन्नड फिल्मकी चर्चित गायिका सुष्मिताले आफ्नो माइतीमा आ’त्मह’त्या गरेको भारतीय संचार माध्यमले जनाएको छ ।

सुष्मिताले आ’त्मह’त्या गर्नुअघि निकै लामो मेसेज पठाएर आफ्नो मृ’त्युको कारण बताउँदै दो’षीलाई कुनै पनि स्थितीमा नछोड्ने आग्रह गरेकी छिन् ।

यसबारे पुलिसले सोमबार उनकी आमासँग कुराकानी गरेको छ जसमा उनकी आमाले दाइजो उत्पीडनका कारण छोरीले यस्तो कदम उठाएको बताइन् । पुलिस स्रोतका अनुसार २७ वर्षीया गायिकाले आइतबार आ’त्मह’त्या गरेकी हुन् । आइबी टाइम्सले स्रोत उद्धृत गर्दै सु’साइड नोटमा सुष्मिताले के लेखेकी थिइन्, त्यसबारे जानकारी दिइएको छ जसमा बताइए अनुसार सुष्मिताले लेखेकी छिन्, ‘आमा मलाई माफ गरिदिनु, मैले मेरो ग’ल्तीको स’जाय पाइरहेकी छु । मलाई श्रीमानका आन्टीले टर्चर गरिन् । उनले मलाई घरबाट निस्कन भन्थिन् । उनलाई नछोड्नुहोस् । शरत, वैदेशी र गीता मेरो मृ’त्युका लागि प्रत्यक्ष रुपमा जिम्मेवार छन् । मैले उनीहरुलाई धेरै बिन्ती गरेँ तर उनीहरुको मन र मुटु कहिले पनि पग्लिएन ।’

उनले थपिन्, ‘म उनीहरुको घरमा मर्न चाहन्नँ । विवाहको दिनदेखि नै यी सबै सुरु भएको थियो । मेरो अन्तिम संस्कार मेरो माइतीमै मेरो भाइको हातबाट होस् । मेरा घरकालाई नछोड्नुहोस् नभए मेरो आ’त्माले शान्ति पाउँदैन । म तपाईंलाई धेरै मिस गर्नेछु, आमा ।’

स्रोतका अनुसार करिब डेढ वर्ष अघि शरत कुमारसँग उनको विवाह भएको थियो । विवाहको केही समयपछि नै श्रीमान् र घरका सदस्यसँग उनको म’तभे’द भएको थियो । झ’गडा बढ्दै गएपछि उनी माइतीमा नै बस्न थालिन् । सुष्मिताले ‘श्रीसमान्य’ र ‘हालू ठुप्पा’ जस्तो कन्नड फिल्ममा गीत गाएका थिए ।

Related Articles

Back to top button
Close