समाचार

श्रृंखला र सिशन बीचको सम्बन्धबारे नयाँ खुलासा, खतिवडा आफैंले यस्तो भनिन्

लामो समय देखि चर्चामा रहेको पूर्व मिस नेपाल श्रृंखला खतिवडाको सम्बन्धबारे नयाँ खु,ला,सा भएको छ । खतिवडा भ्लगर सिशन बानियाबीच प्रेम सम्बन्ध रहेको चर्चा सुरु भएको लामै समय भइसक्यो । उनी मिस नेपाल भएपछि मिस वर्ल्डमा देखाउने मल्टिमिडिया स्टोरी बनाउने क्रममा नजिकिएका उनीहरु विदेश भ्रमणमा प्रायः सँगै देखिदै आएका छन् ।

देश तथा विदशेका अधिकांश कार्यक्रमहरुमा उनीहरु सँगै हुन्छन् । उनीहरुका तस्बिर सामाजिक सञ्जालमा एकदम भाइरल भएका थिए । उनीहरुको विहे अर्को वर्षका लागि तय भएको पनि अनुमान गर्न थालिएको छ । टर्की भ्रमणताका यी दुवैको तस्बिर सार्वजनिक भएदेखि नै उनीहरुको प्रेममा रहेको शंका गरिएको थियो ।

यी दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्धबारे बोलेका थिएनन्। प्रेम दिवसको मौका पारेर श्रृंखलाले सार्वजनिक रुपमै सिशनसँगको सम्बन्ध इन्स्टाग्राम मार्फत नै स्वीकार गरेकि छन्। उनले इन्स्टाको स्टोरीमा सानो भिडियो क्लिप राखेर ‘एक्साइटिङ डेट फर अस’ लेखेकी छन् र भिडियोको पछाडि बिस्तारै सिशन देखा पर्छन्।

Related Articles

Back to top button
Close