समाचार

डाक्टरको लापरवाहीले सुत्केरीको निधन : डाक्टर फ’रा’र, आफन्तले अस्पतालमा तोडफोड गरे

काठमाडौ । शल्यकृयाका क्रममा सुत्केरीको निधन भएपछि सिराहामो लहान स्थित एक अस्पतालमा विवाद उत्पन्न भएको छ । शल्यकृयामा संलग्न चिकित्सक सम्पर्क विहिन भएका छन् भने आफन्तले अस्पताल परिसरमा आन्दोलन सुरु गरेका छन् । शनिबार राती सिरहाको लहानस्थित डिभाइन हेल्थ केयर अस्पतालमा सुत्केरीको निधन भएपछि विवाद उत्पन्न भएको हो ।
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको निधन भएको भन्दै स्थानिय आन्दोलनमा उत्रिएक हुन् । निधन हुनेमा सुखीपुर नगरपालिका ९ बैशाखा गाउँकी २७ वर्षीया आरती साह हुन्। उनलाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो। राती शल्यक्रिया गर्दा उनको निधन भएको जानकारी चिकित्सकले परिवारलाई दिएका थिए ।
सुत्केरीको निधन भएपछि चिकित्सक सम्पर्क विहिन भएका छन् । महिलाका आफन्तहरु आन्दोलित भएका छन् । उनीहरुले अस्पताल परिसरमा आन्दोलन सुरु गरेका छन् । चिकित्सक सम्पर्क विहिन भएपछि आ’क्रो’शित आफन्तले अस्पतालमा तोडफोड समेत गरेका छन् ।
उनीहरुले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाहीको माग गरेका छन् । अस्पतालमा थप समस्या उत्पन्न हुन नदिन बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ। शिशुलाई अर्को अस्पतालमा सारिएको छ ।

Related Articles

Back to top button
Close