अन्तर्राष्ट्रिय समाचार

मन्दिर दर्शन गर्न गएकाहरुको ट्रक र ट्रलीमा जुध्यो, ११ जनाको मृत्यु, १६ को अवस्था गम्भीर

काठमाडौं । आज बिहान ३ बजे आसपास भएको सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या एक दर्जन नजिक पुगेको छ । भारत, गुजरातको बडोदरा नजिकै मिनी ट्रक र ट्रलीको बीचमा भएको टक्करमा पाँच महिलासहित ११ जनाको घटनास्थलमै मृत्यु भएको छ १६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

यी मध्ये केही गम्भीर अवस्थामा छन् । यी व्यक्तिहरू सूरतबाट पावागढ मन्दिरमा दर्शन गर्न जाँदै थिए । दुर्घटना राष्ट्रिय राजमार्गको वाघोदिया चौक नजिकै भएको थियो । घाइतेहरुलाई वडोदराको एसएसजी अस्पतालमा भर्ना गरिएको छ । सबै दुर्घटनाको समयमा सुतिरहेका थिए ।

दुर्घटनापछि चिच्याईरहेको सुनेपछि वरपरका मानिसहरू सहयोगको लागि तत्काल पुगेर प्रहरीलाई खबर गरेका थिए । जानकारी अनुसार सबै सुरतको वरछा र पूना क्षेत्रका बासिन्दा थिए । उनीहरु हीरा र कपडा कारखानामा काम गर्थे ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले ट्वीट गरी दुर्घटनामा शोक व्यक्त गरेका छन भने घाइतेलाई चाँडै स्वस्थ हुने कामना पनि गरेका छन् ।

उनले खाँचोमा परेकाहरूलाई सहयोग गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । दुर्घटनालाई लिएर भारतका प्रधानमन्त्री, राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुले पनि शोक व्यक्त गरेका छन् ।

Related Articles

Back to top button
Close