समाचार

दोहोरी गायक प्रकाश कटुवाल प्रहरी हि’रासतमा

ढाडे बिरालो गित पछी चर्चामा आएका गायक प्रकाश कटुवाल बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आ’क्रमण गरेको अ’भियोगमा पक्राउ परेका छन्। गायक कटुवालवि’रुद्ध ज्या’न मा’र्ने उद्योगमा मु’द्दाा द’र्ता गरिएको छ। गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालवि’रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा कि’टानी जा’हेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ। जा’हेरीसँगै गायक कटुवाललाई प्रहरी हि’रासतमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

सिलवालले गायक कटुवालवि’रुद्ध ज्या’न मा’र्ने उद्’योगमा जा’हेरी द’र्ता भएको बताए । उनका अनसार डुम्रेका व्यसवायीहरुले आइतबारदेखि गायक कटुवालवि’रुद्ध जा’हेरी दिने प्रयास गरेका थिए। तर प्रहरीले सोमबार मात्रै जा’हेरी द’र्ता गरेको हो। शनिबार पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी बा’न्ता गरेपछि त्यही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सा’मान्य वि’वाद भएको थियो। केही समयको वि’वादपछि दुई प’क्षबीच स’हमति भई मि’लापत्र भएर गायक पोखरा गएका स्रोतले जनाएको छ।

साँझ घरमा खाना खाइरहेको अवस्थामा व्यवसायी गुरुङलाई मा’स्क लगाएर मोटरसाइकलमा आएका दुई व्यक्तिले ए’क्कासी र’डले आ’क्रमण गरेर ग’म्भीर घा’इते बनाएका छन्। घा’इते गुरुङको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिलवालले बताए। उनका अनुसार गुरुङको अवस्था ग’म्भीर छ। आ’क्रमणमा गायक कटुवाल सं’लग्न भएको आ’रोप पी’डितका परिवारले लगाएका छन्। त्यही आ’रोपमा उनीवि’रुद्ध ज्या’न मा’र्ने उद्योगमा मु’द्दा द’र्ता भएको थियो।

यो पनि पढ्नुस

प्रदेश ५ सरकारले किसानका लागि वितरण गरेको करोडौं अनुदान रकम दु*रुपयोग भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा वितरण गरेको अनुदान पाउनेमा गैरकिसान धेरै परेका छन्। प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले अनुगमनमा कैयन् फर्जी किसान फेला पारेको हो। अनुदान पाउनेमा अधिकांश सम्पन्न परिवार र राजनीतिक पहुँचवाला छन्। त्यस्ता किसानलाई अनुदान वितरण गर्दा कर्मचारीले २० प्रतिशतसम्म कमिसन लिएको प्रमाण फेला परेको छ।

गत वर्ष मन्त्रालयले पौने २ अर्ब अनुदान बाँडेको थियो। प्रदेश सरकारले कृषि यान्त्रीकरण, स्मार्ट कृषि गाउँ कार्यक्रम, फलफूल उत्पादन, दुग्ध उत्पादन तथा बिउबिजन उत्पादनमा अनुदान बाँडेको छ। प्रदेशकै नमुना कार्यक्रम भनिएको स्मार्ट कृषि गाउँ कार्यक्रममै अनुदान पचाउने काम भएको अनुगमन टोलीले जनाएको छ। अर्घाखाँची शीतगंगा नगरपालिका–१० का किसान यमलाल आचार्यले गत वर्ष ३७ लाख अनुदान पाएका छन्।

उनले कागती खेतीका लागि २५ लाख पाएका छन्। अन्य रकम मौरी, नर्सरी, बाख्रापालनका लागि लिएका हुन्। उनका जग्गामा एकाध कागतीका बोट देखिन्छन्। अनुगमनमा पुगेका एक सांसद भन्छन्, ‘अनुदानका लागि मात्रै कृषिखेती गरिएको देखाइएको छैन। सरकारले लगानी गरेको प्रतिफल आउँदैन।’ आचार्यले जमिन भाडामा लिएको ५० प्रतिशत रकमसमेत प्रदेश सरकारबाटै भुक्तानी हुन्छ।

गुल्मी छत्रकोटको ढुंगे देउराली बागवानीलाई प्रदेश सरकारले कागती खेतीका लागि १३ लाख अनुदान दिएको छ। त्यहाँ २५० बोट कागती रोपिएका छन्। सरकारी ढुकुटीबाट प्रतिबोट ५ सय २० रुपैयाँ खर्च भएको छ। तर उत्पादन हुने सम्भावना देखिँदैन। अनुगमनमा पुगेका सांसद कमलराज श्रेष्ठले भने, ‘न कुनै संरचना बनेको छ, न त कुनै खेती। खेती नै नगर्नेहरुले धेरै अनुदान पाएको भेट्टायौं।’

कपिलवस्तुका राजेशकुमार चौधरीले भैंसीपालनका लागि ९ लाख अनुदान पाए। तर गोठमा भैंसी नै छैनन्। कागजमा ९ वटा भैंसीको बिमा गरिएको छ। कपिलवस्तुकै जावेद आलम खानको गोठमा समेत सम्झौता अनुरुप गाई छैनन्। उनले प्रदेश सरकारबाट ५ लाख बढी अनुदान पाएका छन्। संसदीय अनुगमन समितिले यस्ता कैयन् कृषि फार्म देखाएर अनुदान लिने काम भएको प्रतिवेदन तयार पारिरहेको छ।

समितिले १२ वटै जिल्लामा ५ वटा उपसमिति बनाएर अनुगमन गरेको थियो। किसानले आफूसँग २० प्रतिशत कमिसन मागिएको गु*नासो गरेका छन्। कमिसन नदिँदा मन्त्रालयका कर्मचारीले अनुदान रकमसमेत घटाएको किसानले बताएका छन्। समिति सभापति विजयबहादुर यादवले खास किसानले अनुदान पाउन नसकेको बताएका छन्।

रुकुम, प्युठान, रोल्पा, अर्घाखाँचीमा कृषि उपज ढुवानीका लागि अनुदानबाट खरिद गरिएका गाडीमा ढुंगागिट्टी र मान्छे बोक्ने गरिएको छ। ती साधन व्यक्तिका नाममा रहेको समिति सदस्य चेतनारायण आचार्यले बताएका छन्। कृषि मन्त्रालयले गत वर्ष पौने २ अर्ब अनुदान वितरण गरेको थियो। मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले भने गैरकिसानले अनुदान नपाएको दाबी गरेका छन्।

गत वर्ष कृषि मन्त्रालयका लागि ४ अर्ब ५ करोड बजेट बिनियोजन भएको थियो। यस वर्ष पनि अनुदानका कार्यक्रम यथावत् छन्। प्रदेशले स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि प्रत्येक पकेट क्षेत्रमा ५० लाख विनियोजन गरेको छ। यी गाउँले पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ४० लाख र तेस्रो वर्ष ३० लाख अनुदान पाउँछन्। संसदीय समितिको प्रारम्भिक प्रतिवेदन अनुसार स्मार्ट कृषि गाउँ कार्यक्रम पनि प्रभावकारी छैन।

Related Articles

Back to top button
Close