समाचार

अष्ट्रेलियामा अध्यनरत नेपाली बिद्यार्थीको मृ’त्यु !

अष्ट्रेलियामा अध्ययनरत एक नेपाली चेलीकोे मृ’त्यु भएको छ ।अष्ट्रेलियाको सिड्नीमा रहेकी ललितपुर साना गाउँकी रमिला मर्हजनको मृ’त्यु भएको हो । उनी अध्ययनका लागि २ वर्ष अघि मात्रै अष्ट्रेलिया पुगेकी थिइन् ।श्रोतका अनुसार अष्ट्रेलिया पुगेपछि रमिलाई ब्रे’न ट्यु’मरको समस्या देखिएको थियो । त्यसको उपचार गराउने क्रममा उनको मृ’त्यु भएको बताइएको छ।

श्रीमान संजय महर्जनसँगै अष्ट्रेलियामा रहेकी रमिलाको दाहसंस्कार अष्ट्रेलियामै सोमबार गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँमा रहेको अनन्त इङ्गलिस स्कूलबाट एसएलसी गरेकी रमिला बिबिएस सकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएकी थिइन् । उनको बिहे २ वर्ष अघिमात्र भएको थियो ।

‘हाल अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका क्रममा रहेकी अनन्त इङ्गलिस स्कूलको २०६४ व्याचकी होनहार छात्रा रमिला महर्जनको असामयिक निधनप्रति बिद्यालयले श्रद्धाञ्जली व्यक्त गरेेेेको छ ।

Related Articles

Back to top button
Close