समाचार

सत्यको जित भो कि सत्ताको जित भो, केहि बुझिएन : ऋचा शर्मा

काठमाडौं ०५ फागुन / निवर्तमान सभामुख कृष्ण बहादुर महराले आज काठमाडौं जिल्ला अदालतबाट सफाई पाएको छ । सफाइ पाए लगत्तै उनी डिल्लीबजार कारागारबाट आफ्नै निवास फर्किसकेका छन् ।

महराले सफाई पाएपछि सामाजिक सञ्जाल फेरि महरामय बनेको छ । धेरैले बधाई दिएका छन् भने, कतिले महरा निर्दोष नै हुन त भन्ने प्रश्न पनि उठाइरहेका छन् । यसैक्रममा चर्चित अभिनेत्री ऋचा शर्माले पनि सामाजिक सञ्जालमा महराले सफाई पाएको बिषयमा स्पष्ट नभएको भन्दै एक स्टाटस् लेखेकी छिन् ।यस्तो छ स्टाटस् :

सत्यको जित भो कि सत्ताको जित भो केहि बुझिएन।अभिनेत्री शर्मा नेपालकै पहिलो स्ट्यान्ड अप कमेडी रियालिटि शो “कमेडी च्याम्पियन”को जर्ज समेत हुन् । कमेडी च्याम्पियनकै कारण उनी पछिल्लो समय सामाजिक सञ्जाल देखि लिएर जताततै छाइरहेकी छिन् ।

Related Articles

Back to top button
Close