Tuesday, February 18

दुर्गेश थापा सँग लपक्कै सोनिका…

January 8, 2020 507

पौष २३ काठमाडौं / पछिल्लो समय दर्शक स्रोताले अत्याधिक रुचाइएका गायक तथा मोडल दुर्गेश थापाले एकपछि अर्को हिट गीत निकाल्ने तयारी गर्दै आइरहेका छन् । भर्खरै मात्र उनले ‘वीर गोर्खाली’ बोलको गीत बजारमा लिएर आएका थिए ।

बेलाबेला चर्चामा आइरहने युट्युवर तथा मोडेल सोनिका रोकाया र दुर्गेश थापा फिचर्ड नयाँ भिडियो बजारमा आउने भएको छ । हालै मात्र छायांकन सम्पन्न भएको उक्त गीतको चाडै बजारमा आउने मोडेल रोकायाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।

पुर्वयुवराज पारस शाह सँगको हिमचिमले थप चर्चामा आएकी सोनिका रोकाया फिचर्ड नयाँ देउडा गीत पनि भर्रखरै सार्वजनिक भएको थियो । उक्त गीतमा टंक तिमिल्सिना र रेखा जोशीको आवाज रहेको छ ।रमाइलो र रोचक अन्तर्वार्ता लिँदै आएकी सोनिकालाई अहिले युट्युव भन्दापनि मोडलिङ तिर व्यस्त देखिन्छ ।

Loading...

प्रतिकृया दिनुहोस्