समाचार

पूर्व सभामुख महरा निर्दोष रहेको अदालतको फैसला

काठमाडौं, ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष रहेको भन्दै काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । जबरजस्ती करणी उद्योग मुद्दामा महरलाई अदालतले सफाइ दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको एकल इजलासले आज महराविरुद्धको मुद्दामा फैसला सुनाउँदै ‘अभियोग दाबी नपुग्ने’ देखिएकाले उनी निर्दोष रहेको ठहर गरेको हो ।

सं‌सद सचिवालयमा कार्यरत कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएकाको थियो । सो मुद्दामा आइतबार अन्तिम बहस सकिए पनि फैसला भने आज मात्र आएको हो ।

Related Articles

Back to top button
Close