Monday, April 6

विमानस्थलको भीआईपी कक्षमा ‘कालिदास’, भित्र लैजान एसएसपी र डीएसपी नै खटिए

January 22, 2020 187

काठमाडौँ, ८ माघ । गत शनिबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीआईपी) बाहिर एक हूल मानिसको चहलपहल थियो । कोहीको हातमा फूलको बुके थियो भने कसैको हातमा खादा ।

सामान्यतया सुरक्षाको कारण जनाउँदै भीआईपी कक्षबाहिर प्रहरीले सर्वसाधारणलाई जम्मा हुन दिँदैन । तर त्यहाँ आफूलाई गुरु बताउने कालिदास महाराजलाई बिदाइ गर्न उनका अनुयायी भेला भएका थिए । एकैछिनमा कालिदासका निम्ति भीआईपी कक्षको ढोका खोलियो । कालिदासलाई भित्र लैजान एसएसपी रामकृपाल शाह र केही डीएसपीसमेत खटिएका थिए ।

२०७१ साउन ५ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न क–कसले पाउँछन् भनेर स्पष्टमा व्यवस्था छ । जसअनुसार आफूलाई महाराज बताउने कालिदास भीआईपी कक्ष प्रयोग गर्न पाउने सूचीमा पर्दैनन् ।

कालिदास भीआईपी कक्ष प्रवेश गरेलगत्तै महानगरी प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेल पनि विमानस्थल पुगेकाे खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

Loading...

प्रतिकृया दिनुहोस्