भिडियो

बच्चाहरु छोडेर आमा अर्कैसंग बिवाह गरेर हिंडेपछि, छोराछोरी आमा फर्कने प्रखाईमा कुर्दै (भिडियो)

भारतको केरालामा अनुपाको साथमा फेलापरेका कुमार कार्की अहिले श्रीमती सावित्रासंग आफ्नो घर फर्केका छन् । दुई दुई लिएर कुमारसंग हिडेकी अनुपाले आफ्नो जिवन एक्लै विताउने निर्णय गरेकी छन् । यो घटनाले विश्राम लिँदै गर्दा फेरी भक्तपुरमा एउटा त्यस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ ।

सिन्धुली घर भई भक्तपुरमा ज्यामी काम गर्दै आएका लालबहादुर बमजनकी श्रीमती दुई साना बालबालिका छोढेर अर्कै केटासंग हिडे पछि बमजन मिडियामा आएका छन् । आफ्नो श्रीमती जोसंग गएकी छन् ति केटाले दुई छोराछोरी पनि लिएर जान्छु भनेर भनेका थिए । ४ वर्षकी छोरी र ८ वर्षका छोरालाई छोडेर उनी अर्कैसंग गएपछि ति बालबालिका रातभरी ममी कहिले आउनुहुन्छ ? भन्दै रुन्छन् ।

आमा र बुवाको माया फरक हुने रहेछ बमजन भन्छन् रातभरी छोराछोरी रुन्छन् ममी कहिले आउनुहुन्छ भनेर सोध्दा केही दिनमा फर्किन्छन् भनेर फकाउने गरेको छु उनले भने । उनले कान्छिमायासंग ८ वर्ष अघि विवाह गरेका थिए । अर्कैसंग पोइल गएकी श्रीमतीलाई खोज्दै बसेका उनले दुई दिन पछि फोनमा सम्पर्क भएको बताए । मोवाइलमा फोन गर्दा केटाले फोन उठाएको र तपाईको श्रीमतीले मेरो दिमाग खायो भनेर केटाले सुनाएको उनले बताए ।

लालबहादुर बमजन भक्तपुरमा ज्यामी काम गर्थे भने कान्छीमाया गलैचा उद्योगका काम गर्थिन । वैदेशिक रोजगारीमा गएका श्रीमानलाई छोडेर गएका उदाहरण त धेरै थिए तर श्रीमान साथमै रहंदा पनि अर्कै केटासंग सम्बन्ध स्थापित भएको श्रीमानले थाहै पाएनन् ।

अहिले श्रीमती हिडिसकेपछि भने उनले खोजि सुरु गरेका छन् । श्रीमती गइसकेपछि भने अरु छिमेकी र साथीहरुले श्रीमती फोनमा अरुसंग कुरा गरिरहने गरेको बताए । उनले श्रीमतीलाई फोनमा धेरै कुरा नगर्न र साना छोराछोरीको मुख हेरेर बस्न सम्झाउने गरेको बताए ।

Related Articles

Back to top button
Close