समाचार

नेपालविरुद्ध अभिव्यक्ति दिने सेनाध्यक्षलाई राष्ट्रपतिले मानार्थ

भारतीय सेनापति मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणले दुईदेशीय कुटनीतिक सम्बन्ध सुधार हुनसक्ने टिप्पणी भइरहँदा केही विज्ञले भने उनको भ्रमण नै हुन नहुने बताएका छन् ।
अहिलेको आवश्यकता सैनिक कुटनीतिको भन्दा पनि उच्चस्तरीय भेटवार्ताको रहेको हुँदा सेनापति नरवाणेको भ्रमण असान्दर्भिक भएको बताएका हुन् ।
भारतमा सेनापति परिवर्तन भएपछि नेपालको राष्ट्रप्रमुखबाट मानार्थ महारथीको पदवी लिने परम्परालाई निरन्तरता दिन मनोजमुकुन्द नरवाणे अबको एक सातामा यहाँ आउँदैछन् ।
केहीले दुईदेशबीच सम्बन्ध सुधार गर्न कोसेढुंगा सावित हुने विश्लेषण गरिरहँदा कतिपयले भने नरवाणेको भ्रमण असान्दर्भिक भएको बताउँछन् । केही समयअघि नेपालविरुद्ध अभिव्यक्ति दिएका उनलाई मानार्थ उपाधि दिनै नहुने उनीहरूको तर्क छ । साथै नेपाललाई सैन्य कुटनीति भन्दा पनि उच्चस्तरीय राजनीतिक भेटवार्ताको खाँचो रहेको उनीहरूको भनाइ छ ।
भारतीय सेनापतिको भ्रमणको समर्थन र विरोध भइरहँदा सरकारी पक्षले भने उच्चस्तरीय भेटघाटको तयारी पूरा गरिसकेको छ । राजनीतिक स्तरमा कुरा गर्नुको साटो सैनिक कुटनीतिलाई माध्यम बनाउन खोजेको भन्दै सरकारको आलोचना समेत चुलिएको छ ।

Related Articles

Back to top button
Close