समाचार

उपत्यकामा अझै २० हजार सक्रिय संक्रमित; बिहीबार मात्र १६१५ जना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ भने त्यसमध्ये ४२ हजार ५०४ जना निको हुँदा सक्रिय संक्रमित १६ हजार ५२१ जना रहेका छन् । हालसम्म काठमाडौंमा २०९ जनाको मृ’त्यु भएको छ।
ललितपुरमा ८ हजार ३५० जनामा संक्रमण पुष्टि भएकोमा संक्रमितमध्ये ५ हजार ८२२ जना निको भएका छन् । यस्तै हाल २ हजार ४७० जना सक्रिय संक्रमित रहेको ललितपुरमा ५८ जनाको मृ’त्यु भएको छ ।
यसैगरी भक्तपुरमा ५ हजार ५१९ जना संक्तमित रहेकोमा ४ हजार ३८३ जना निको भएका छन् । यस्तै हाल १०७५ जना सक्रिय संक्रमित रहेको भक्तपुरमा ६१ जनाको कोरोनाबाट मृ’त्यु भएको छ ।
उपत्यकामा अझै २० हजार ६६ सक्रिय संक्रमित रहेका छन् जसमध्ये १४ हजार ५८३ जना होम आइसोलेसजमा रहेका छन्।

Related Articles

Back to top button
Close